चुनाव प्रचारमा दलहरु आचारसंहिता उल्लंघन गर्दै



 

सैघाली खबर
काठमाडौं, २७ भाद्र


असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले लागु गरेको आचारसंहिता प्रमुख राजनीतिक दलहरुले नै उल्लंघन गरिरहेको पाईएको छ । प्रदेश नम्बर २ को चुनावी माहोल तातेको अवस्थामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिकलगायतका दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ । प्रसार र घरदैलोमा जुटेका दलहरुले पार्टी चिह्न अंकित टि–सर्ट, टोपीलगाएतको प्रयोग गर्नुका साथै १५ वर्षमुनिका बालबालिकालाई पनि चुनाव प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । आचारसंहिता विपरीत ऐतिहासिक एवम् पुरातात्विक महत्वका मठ मन्दिर, विद्यालय, चौतारालगायतका सार्वजनिक स्थल र संरक्षित क्षेत्रमा जथाभावी पर्चा पम्पलेट टाँसिएको छ । निर्वाचन आयोगले आचारसंहिताको पालना गराउन कुनै पहल नगरेका कारण तुल, ब्यानर, झण्डा जस्ता निर्वाचन प्रचार सामाग्री मनपरी टास्नेक्रम बढेको स्थानीयको आरोप छ । बालबालिकालाई चुनाव चिन्ह अंकित टिसर्ट, टोपी लगाउन दिएर प्रचारप्रसारमा प्रयोग गरिएको छ । निर्वाचन आयोगले आज चुनावका लागि अधिकृतहरु खटाउने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्