उद्योग बाणिज्य संघद्धारा प्रदेश प्रहरी प्रमुखलाई स्वागत



सैघाली खबर
दाङ, २७ भाद्र

तुलसीपुर उद्योग बाणिज्य संघले प्रदेश नंंबर ५ का प्रहरी प्रमुख मिङमार लामा सहित संघीय प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई स्वागत गरेको छ । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत बिरुको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी प्रमुख मिङमार लामाले यहाँका सम्बृद्धिका लागि उद्योग बाणिज्य संघको भुमिका महत्वपुर्ण हुने बताएका थिए ।

उनले राष्ट्रिय उत्पादनमा जोड दिन व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् । साथै उनले ५ नंबर प्रदेशको समग्र शान्ति शुरक्षा कायम गर्न दत्तचित्त भएर लाग्ने समेत प्रतिबद्धता जनाएका थिए । साथै नागरिक पनि प्रहरी भएको भन्दै कसैले अपराध गरेको देखेमा सुचना दिन आग्रह समेत गरेका थिए । उनले यहाँका व्यबसायीको सुरक्षाका लागि पनि महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताएका थिए । उनले शुरक्षा र भुगोलका हिसाबले दाङ नै प्रदेश नंबर ५ को राजधानी बन्नु पर्नेमा पनि जोड दिए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष डिल्लीवहादुर वस्नेत यहाँका व्यबसायहरुलाई सुरक्षित तरिकाले व्यबसाय गर्ने वातावरण तयार गरिदिन शुरक्षा निकायलाई आग्रह गरेका थिए ।

संघले लामा सहित सघिंय प्रहरी प्रधान कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरिक्षक दिलिप चौधरी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि राजेन्द्र अर्याल, प्रहरी उपरिक्षक रामप्रशाद घर्ती, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रमेश विष्ट र उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन समितिको केन्द्रिय सदस्यमा निर्वाचीत भएका डम्वर वहादुर डाँगी लगाएतलाई स्वागत तथा सम्मान गरेको हो ।

निबर्तमान अध्यक्ष बिमल रिजालले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिब रुप बहादुर खत्रीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्