टिप्स

सुखी हुन चाहनुहुन्छ ?यस्ता छन् नीतिका सूत्र

By थाहा अनलाइन

January 23, 2020

एजेन्सी।विगतको शोक गर्नु हुँदैन। भावी ९पछि हुने० को चिन्ता पनि गर्नु हुँदैन। वर्तमानमा कर्ममा लागिरहनु पर्छ। धनसम्पत्ति आदिको व्यवहारमा, विद्या पढ्न–पढाउनमा आहार र राजाका सभामा तथा कसैसँग विवाद गर्नमा जसले लज्जा त्याग्न सक्छ त्यो नै सुखी हुन्छ।

बुद्धिमान व्यक्तिले आहार९खाना० को चिन्ता गर्नु हुँदैन। धर्म र कर्तव्यलाई मात्र सोच्नुपर्छ। आहार प्राणीको जन्म साथथसाथै उत्पन्न भएको हुन्छ। विचार नगरी खर्च गर्ने, असहाय भएर पनि कलह गर्न रुचाउने र अर्काकी पत्नीको भोगमा लालच राख्ने मानिस चाँडै नै नष्ट हुन्छन्।