संसद कात्तिक ४ गते स्वत विघटन हुने



 

सैघाली खबर
काठमाडौं, २७ भाद्र

रुपान्तरित व्यवस्थापिका संसद कात्तिक ४ गते स्वत विघटन हुने भएको छ । प्रदेश र केन्द्रको चुनावको कार्यतालिका सार्वजनिक भएपछि संसद विघटन गर्न लागिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि संसद विघठन गरेर जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ । धारा २९६ अनुसार संविधानसभा संविधान जारीपछि स्वतः व्यवस्थापिका संसदमा रुपान्तरण हुने र तर त्यसको आयु २०७४ साल माघ ७ गतेसम्म कायम रहनेछ । कात्तिक ५ गते आयोगले पहिलो चरणको चुनावका लागि मनोनयन गर्ने मिति तोकेसँगै रुपान्तरित संसदको आयु ४ सकिने सकिन लागेको हो । प्रत्यक्षतर्फ मंसिर १० गते हुने पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते दोस्रो चरणमा मंसिर २१ गते हुने चुनावका लागि कात्तिक १६ गते मनोनय दर्ता हुने आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्