सैघाली खबर
काठमाडौं, २७ भाद्र
यसवर्षको दशैंको टिकट बुकिङ आजदेखि खुल्दैछ । यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग राख्दै व्यवसायीले बुकिङ खोल्न मानेका थिएनन् ।यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितीमा गएको २४ गते भएको सरोकारवालाहरुको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् । व्यक्तिगत बाहेकका अन्य सामान ओसारपसार गर्न नपाइने र गरे कारवाही गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।सवारी सञ्चालनको लागि सरकारसँग सडकमा रहेका खाल्डाखुल्डी पुर्न, ट्राफिक जामको व्यवस्थापन गर्न माग गरिएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।