दाङ।जनता आवास कार्यक्रम अन्तर्गत शान्तिनगर गाउपालिकामा दश जनाले घर बनाउनका लागी रकम पाउने भएका छ्न। भौतिक पुर्बाधार बिकास मन्त्रालय शहरी बिकास तथा भवन कार्यालय दाङका अनुसार दाङका सबै स्थानीय तहमा घर बनाउनका लागी एक जना लाइ तिन लाख पचास हजार रुपैयाँका दरले रकम बितरण गरिने कार्यालयले जनाएको छ।
दलितहरु मध्य अति बिपन्न परिवार मध्य बाट छनौट गरिएको कार्यालयले जनाएको छ। दाङको दङ्गीशरण गाउँपालिकामा पन्ध्र जना र बबई गाउँ पालिकामा सत्र जना लाइ जनता आवास कार्यक्रम अन्तर्गत घर बनाउनका लागी रकम प्रदान गरिने पनि जनाएको छ।
कार्यक्रम अन्तर्गत यो सुबिधा पाउने ब्यक्तिले चार किस्तामा रकम पाउने भएका छ्न। दुइ कोठे भवन र एउटाा ट्वाइलेट बनाउनु पर्ने प्राबधान रहेको गाउपालिकाका प्रेस सयोजक निराश पाण्डेले जानकारी दिएका छन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।