राप्ती गाउँपालीको बजेट ३७ करोड ७१ लाख




सैघाली खबर
दाङ २७ भदौ। राप्ती गाउँपाीकाको प्रथम गाउँ सभामा निति तथा कार्यक्रम सहित आर्थिक वर्ष २०७४÷०७५ को बजेट प्रस्तुत गरिएको छ । । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । निति तथा कार्यक्रममा प्रशिद्ध धार्मिक स्थल देवीकोट सम्म पुग्न केवुलकार देखी राप्ती नदीमा सञ्चालित प्रगन्ना कुलो सिचाई आयोजनामा लघु जलविद्युत उत्पादनको सम्भाब्यता अध्ययन गर्ने विषय समावेस गरिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा चौधरीले आर्थिक वर्ष २०७४÷०७५ को लागी ३७ करोड ७१ लाख ५८ हजार ९ सय ४८ रुपैयाँ बजेट गाउँ सभाको वन्द सत्रमा प्रस्तुत गर्नु भएको छ । गाउँपालीकाले मुख्य गरी आर्थिक विकास गरी गरिवी निवारणमा प्रत्यक्ष सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।
आर्थिक विकास कार्यक्रम अन्र्तगत कृषि तर्फ ४१ लाख ६१ हजार, उद्योग तथा वाणिज्य तर्फ १ लाख ५० हजार, पर्यटन तर्फ २९ लाख ५० हजार, सहकारी तर्फ ९ लाख बजेट विनियोजन गरिएको छ । यस्तै सामाजिक विकास तर्फ १२ करोड ३० लाख ५७ हजार २ सय ८० रुपैयाँ बजेट विनियोजन गरिएको गाउँ पालिका अध्यक्ष नुमान्द सुवेदीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्