कैलाली । कैलालीमा माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुर बस्ने १७ वर्षीया रेस्मा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरीक्षक यक्ष राज जोशीले घर नजिकैको मेलघट्टी सामुदायिक वनमा घर लिप्ने माटो खन्ने क्रममा आएको ढिस्कोमा पुरिएर भण्डारीको मृत्यु भएको बताए । जोशीका अनुसार टाउकोमा गम्भीर चोट लागेकी भण्डारीको घटना स्थलमै मृत्यु भएको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।