नारायणपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक प्यानल दाहालको नेतृत्वमा जाने



आर के शितल,
नारायणपुर, २७ भदौ।

नारायणपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा प्रजातान्त्रिक उद्योग व्यवसायी संघले उमेद्वारहरुको टुंगो लगाएको छ । संघले अध्यक्षमा महेन्द्र दाहाल सहितका उमेद्वारहरुको टुंगो लगाएको हो । जसमा उदोग उपाध्यक्षमा अभियान बस्नेत, वाणिज्य उपाध्यक्षमा तिलक पौडेल, महासचिवमा दिपक सुवेदी, सचिवमा तिलक रोका, कोषाध्यक्षमा बसन्त न्यौपाने रहनुभएको छ ।

यस्तै महिला सदस्यमा रेखा खनाल, सदस्यमा निमकुमार चौधरी, धर्मबहादुर केसी, सनतकुमार आचार्य, मोहनकुमार न्यौपाने र अनिल बस्नेत रहनुभएको छ ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष प्रकाशकुमार यौपानेको अध्यक्षता नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का कोषाध्यक्ष रमेश केसीको प्रमुख आतिथ्यमा भएको उमेद्वार घोष्णा सभामा नेपाली कांग्रेस त्रिपुर नगर सभापति दिपक पाण्डे, नारायणपुर उद्योग वाण्ज्यि संघका पूर्व अध्यक्ष चित्रबहादुर डाँगी ९निर्मल०, अध्यक्षका उमेद्वार महेन्द्र दाहाल लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण संघका सदस्य सन्तोष केसीले गर्नुभएको थियो ।

भेलाले नेपाली कांग्रेसको भातृ संगठन प्राजातान्त्रिक उद्योगी व्यवसायी संघका सम्पूर्ण उमेद्वारहरुलाई विजयी बनाउनकालागि आ–आफ्नो क्षेत्रबाट लाग्न सम्पूर्णमा अनुरोध गरेको छ ।

नारायणपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागि यही भदौ ३१ गते निर्वातन हुदै छ । जसकालागि आज दिउसो १२ बजेदेखी २ बजेसम्म उमेद्वारी दर्ताको समय तोकीएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्