नवराज सिलवालको मुद्दाको फैसला आज



सैघाली खबर,
काठमाडौं, २७ भदौ ।– प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथि आज मंगलबार फैसला हुँदैछ ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले दायररिटमाथिको बहस भदौ १५ गते सकेको थियो । आज मंगलबार फैलसा हुने सर्वोच्चले जनाएको छ ।

तत्कालीन प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट दायर गर्नुभएको थियो । अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको थियो ।

अर्याल महानिरीक्षकमा नियुक्त भएपछि पनि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफू अघि रहेको भन्दै रिट दायर गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्