जसको शरीरबाट जिम गर्दा पसिना होइन रगत बग्छ!



 

 

एजेन्सी। आजकल आफूलाई फिट राख्न र मोटोपनबाट बच्नकालागि जिम जानु सामान्य हुन थालेको छ। सामान्य मानिस जिम जान्छन् र पसिना बगाएर आफूलाई फिट राख्छन्। तर के तपाइँलाई थाहा छ, एक यस्ती युवती पनि छन् जसको शरीरबाट जिम गर्दा पसिनाको साटो रगत बग्छ।

इटलीकी २१ वर्षीया एक युवतीको विचित्रको समस्या छ। कुनै पनि बेला यी युवती जिममा गएर शारीरिक अभ्यास गर्छिन् उनको शरीरबाट पसिनाको ठाउँमा रगत बग्छ। शरीरबाट निस्किएको रगतले उनको शरीर पूरै भिज्छ।

कसरतका क्रममा युवतीको टाउदेखि हातबाटसमेत रगत निस्किन्छ। यो रोगबाट डाक्चरसमेत चकित परेका छन्। चेकअपका क्रममा उनलाई ब्लड स्वेटिङ नामको रोग लागेको खुलेको छ। अहिले उनको इटलीमा उपचार भइरहेको छ। र, डाक्टरले उनको ब्लड प्रेसरलाई नियनन्त्रण गर्दै ब्लड स्वेटिङ रोक्ने कोशिश गरिरहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्