खोला फुकुवा गरिदै



 

गिरिराज नेपाली
दाङ २७ , भदौ
खोलाजन्य वस्तु उत्खन्नका लागि लगाएको प्रतिवन्ध खुल्ला गरिन लागिएको छ । खोलाहरुमा लगाएको उत्खन्न नेपाल सरकारले पुनः फुकुवा गर्नका लागिरहेको छ । जिल्ला समन्वय समिति दाङका अनुुसार चुरे संरक्षण अन्र्तगत उत्खन्नका लागि प्रतिवन्द लगाएका खुल्ला गर्न लागिएको जिल्ला समन्वय समिति दाङले जनाएको छ ।

नेपाल सरकारले ईआए तथा आईई परिक्षण ‘ वातावरणिय प्रभाव मुल्याङकन तथा प्रारम्भीक वातावरणिय परिक्षण गरी दाङका आर्थिक वर्ष ०७४÷७५का लागि खोलाजन्य वस्तु उत्खन्नका लागि खोलाहरु खुल्ला गर्न लागिएको जिल्ला समन्वय समिति दाङका विष्णु आचार्यले जानकारी दिए । राष्ट्रपति चुरे संरक्षण ,आईई र ईआई सर्वेक्षणले दाङका खोलाहरु वाट खोलाजन्य वस्तु उत्खन्नका गर्न नपाईने सुचना प्रकाशन गरे संगै एक वर्ष देखी रोकिएको दाङका खोलाजन्य वस्तु निकासी हुन नसकेको उनले वताए ।

आचार्यका अनुुसार दाङका करिव २५ वटा साना –ठुला खोलाहरु मध्ये २० वटा खोलाहरु खुल्लाका लागि टेण्डर खुल्ला गरिएको उनले जानकारी दिए । टेण्डर खुल्ला गरे संगै स्थानिय तथा केन्द्रिय निर्माण कम्पनीका सम्र्पक वा प्रतिनिधि गरी ६९ जनाले निवदेन परेको जानकारी दिए ।

खोलाजन्य उत्खन्नका लागि प्रतिवन्दले चोरी पैठारी नियन्त्रण गर्न नसक्दा लाखौ राजस्व गुमेकाले नेपाल सरकारको मापदण्डमा आईई तथा ईआई परिक्षण गरी उत्खन्नका लागि वैधानिकता दिन लागिरहेको आचार्यले वताए । खोलाजन्य वस्तु उत्खन्न लाई प्रतिवन्द लगाउदा विकास निर्माण समेत अलपत्र परेको जनगुनासो परेकाले उक्त गुनासो लाई मध्ये नजर गर्दै खोलाहरुमा लगाएतको प्रतिवन्द फुकुवा गरिन लागिरहेको आचार्यले वताए । आचार्यले भने न्युनतम ५ करोड मापदण्ड निर्धारण गरी २० वटा खोलाहरुको टेण्डर आह्वान गरिएको उनले वताए ।

राप्ती नदिको महदेवा , पचाहा , मानपुर , बसन्तापुर , वरहरा , खुरुरिया , पाखापानी , रसिङ दोभान , मटेरिया घाट , अर्जुन दोभान , बबईको वेलासपुर , जुरेसोते , घुम्तेसोता दोभान , झिङनी र धारापानी , शितलपुर दोभान , कालाकाटे , कटुवा खोला , सेवार खोला हापुर खाृला , ग्वार खोला , पातुखोला बबई दोभान , बालिम खोला लागएतका क्षेत्रका लागि टेण्डर खुल्ला गरिएको जानकारी दिए ।

खोलाजन्य –गिट्टी , वालुवा , ढुङगा निकासीमा प्रतिवन्द लगाउदा निर्माणाधिन अवस्थामा रहेका पुलपुलेसा , सडक तथा भौतिक संरचनाहरु अलपत्र परेकाले ति संरचनाहरु सम्पन्न गराउने अभिप्रायले खोला माथिको प्रतिवन्ध फुकुवा गर्न लागिरहेको जिल्ला समन्वय समिति दाङका स्थानिय विकास अधिकारी कुल वहादुर जिसीले वताए ।
उनले भने – निर्माण किन भन्ने आवाज उठ्दा ठेकेदार देखी जनता सम्मले खोलाजन्य वस्तु उत्खन्नमा गर्न पाईदैन भने दोष जिल्ला समन्वय समिति लाई थुपारी आफु अछुतो हुने खेल गरेकाले उक्त दोष वाट अछुतो हुदै विकास लाई तिव्रता दिन सरकारी मापदण्ड अनुरुप वन्द खोलाहरु लाई खुल्ला गर्न लागिएको उनले वताए । उनले भने – भर्खर टेण्डर आह्वान गरिएको छ । ’ तत्काल लागि कतै वाट उठाउन नपाए पनि आवेदन माथि छानविन गरी कुन ठाँउमा कस्लाई दिने भन्ने जिल्ला समन्वय समितिको छानविन पश्चात्त मात्रै आधिकारिक अख्तिायारी सम्वन्धीत निर्माण कम्पनी वा कन्ट्रक्शन लाई दिइने उनले वताए ।

खोलाजन्य उत्खन्नका लागि प्रतिवन्द लगाए पनि प्रतिवन्द संगै वढ्दो चोरी पैठारी नरोकिएकाले चोरी निकासी लाई नियन्त्रणका लागि सरकारले विशेष अवधारणा सहितको सर्वेक्षण तथा अनुमोदन वाट खोला माथिको प्रतिवन्द लाई फुकुवा गर्ने लागिएको उनले भने वताए । उनले गत वर्ष खोलाहरु वाट करिव २ करोड राजस्व संकलन भएको थियो. । भने यस वर्ष २० वटा खोलाहरु टेण्डरमा खुल्ला गरिएका दाङका राजस्व आन्तरिक आम्दानी पनि वढ्न सक्ने उनले वताए । खोलाजन्य वस्तु उत्खन्नका लागि प्रतिवन्द लगाउदा दाङको आन्तरिक आम्दानी घट्नुका साथै उपभोक्ताहरु चरम आर्थिक मारमा पर्नु पर्ने वाध्यता रहेको थियो ।

त्यस्तै जिल्ला विकास समितिले आईतार खुल्ला गरेको २० वटा खोला क्षेत्रको टेण्डरमा सोमवार देखी मुल्याङकन सुरु गरेको छ । जिल्ला समन्वय समिति दाङका राजस्व शाखाका अनुसार सोमवार आवेदक टेण्डरको मुल्याङकन सुरु गरिएको जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्