प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने दुई जना पक्राउ



 

 

काठमाडौं । प्रधानमन्त्री   केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ। प्रधानमन्त्रीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका दुईजना कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको हो।

युरोप भ्रमणबाट आज आइतवार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

युरोप भ्रमण सकेर स्वदेश फर्किंदै गरेका प्रधानमन्त्री ओलीलाई आइतबार विमानस्थलमा कालो झण्डा देखाउने क्रममा दुवैजनालाई प्रहरीले पक्राउ गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्