समाज

स्याङ्जाका चौध वर्षीय बालक २२ दिनदेखि बेपत्ता

By थाहा अनलाइन

June 16, 2019

काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका– ५ आग्रिडाँडाका चौध वर्षीया बालक बेपत्ता भएका छन् । भिरकोट– ५ आग्रिखर्कस्थित घरबाटै गणेश विक गत जेठ १० गते दिउँसो देखि बेपत्ता भएका हुन् ।

बाख्रा चराएर घर फर्केपछि घरबाट हिँडेको छोराको यत्तिका दिनसम्म पनि कुनै अत्तोपत्तो नभएको आमा सीता विकले दुखेसो गरिन् । “घर छोडेर कहिल्यै टाढा गएर धेरै दिन बसेको थिएन, कतै जानु परे पनि सोधेर हिड्थ्यो” आमाले भनीन् , “तर अहिले घरमा केही नभनिकन कहाँ गएको हो, कुनै अत्तोपत्तो छैन ।”

बेपत्ता भएका गणेशको सम्भावित ठाउँमा खोजी कार्यलाई जारी राखिएको छ भने जिल्लास्थित प्रहरी कार्यालयमा पनि जानकारी गराइसकिएको छ । “छोराको फोटोसहित खोजीका लागि अहिले समूह बनाएर चारैतिर डुल्ने काम भइरहेको गणेशकी आमाले बताईन् ।