‘गास उस्तै , बास फेरिदै’



गिरिराज नेपाली
दाङ २७ , भदौ
‘सर्कारले घर बन्याईदियानु भयाउ छ , क्या गरी घर बनाउला भन्ने चिन्ता छैन अब । ‘घर तँ बन्यौ , घरमा न राख्न्या , न खान्या नै केही छ । ओतो लाग्न्या छानो भए पनि , खान्या मानो छैन । अव क्या गरी दिन विताउन्या हो । चिन्ता वढ्याउ छ । उम्यार पाखा लाईग्या छ । गरीदिन्या कोही छैनन । घर भन्याउ घर मात्रै भएर क्या गरम र ?

भन्दै घोराही उप–महानगरपालिका वडा नम्वर ११ नयाँवस्तीका ६७ वर्षिय खडक वहादुर गन्र्दभले वताए । राजयले घरवार विहिन परिवार लाई सुरक्षित वसोवासको व्यावस्थाका लागि जनता आवास कार्यक्रम संञ्चालन गरी आवास निर्माण कार्यक्रम थालनी संगै घरवास विहिन वादी तथा गन्दर्भ जातीहरु वाँस स्थान सुरक्षित वन्दै गएको छ ।
सरकारले घरवास विहिन विपन्न दलित जातीहरु लाई सुरक्षित वसोवासको व्यावस्थापन गरे पनि उनीहरुको खानपान , वालवच्चाको शिक्षा दिक्षा र स्वास्थ्य उपचारका लागि ध्यान नपु¥याउदा विपन्न दलित गन्र्दभ जातीहरुले वाँस फेरिए पनि गाँस उस्तै रहेको गुनासो गरे ।

गन्र्दभले भने –‘ गाँस उस्तै छ । ’ गाँउभरी यताउती ग¥यौ दुईछाक टा¥यौ । आकाश वाँदले घेरिए आज के गरी सुत्ने हो । भन्ने चिन्ता थियो । तर हिजो आज त्यो चिन्ता छैन । भोकै , नाङगै भए पनि आफ्नै घरमा ढोका लगाई सुत्न पाएका छौ । उनले भने राज्यले बाँस संगै गाँस फेरिदिए भए सुनमा सुगन्ध जस्तै हुने थियो ।   वालवच्चा स्कुल , पढाउन सके , रोजगारको व्यावस्था गरिदिए । वाँस संगै गाँस पनि फेर्न पाउने थियौ । पुस्तौ पुस्ता झुप्रीमा वसेर गयौ । बलबल सरकारले टिनको छानो दियो । मानो मनको र छानो टिनको भएको भए राम्रै हुने थियो । वेलामा न आफुले लेखपढ गर्न सकियो , न छोरा छोरी लाई पढाउन सकियो । सरकारले दलितका वालवच्चा लाई उचित छात्रवृत्ति सहितको शिक्षा दिक्षाको व्यावस्था गरे पनि त्यो सिमित व्यक्तिहरु पहुचमा मात्रै पुग्ने गरेको उनले गुनासो गरे । सरकारले घर दियो , घर पायौ , खुसी छौ । तर राज्यले केही रोजगार वा सिप विकासका लागि केही लगानी लगाई वाँस र गाँस फेरिने सक्ने उनले वताए ।

त्यस्तै सोही ठाँउकी पार्वती गन्र्दभले ‘ टिनको छानोको घर भए पनि दुई छाकका लागि जीवनभर नै दुख गरीरहनु परेको उनले दुखेसो गरीन । हिजोका दिनमा दिनभरी काम गरेर आए , आजको रात मात्रै कसरी काट्ने हो भन्नृे चिन्ता लाग्थ्यो । अव विहान वेलुका गुजारा कसरी टार्ने भन्ने चिन्ता छ । गरिवीका कारण न छोरी छोरी लाई पढाउन सक्यौ । आफैले गर्ने काम उनै लाई लगेर गराउछौ । आफु र छोराछोरीको जोडेर विहान वेलुकाको छाक टारेका छौ । राज्यले वसोवास लाई सुरक्षित वनाए पनि छोराछोरी भविष्य र आय आर्जनका लागि केही नगरेको वताईन ।

पक्की ईट्टाको घर दियो , त्यो माथि पनि छानो टिनको छ । नचुहिने घरमा झ्याल ढोका लगाई कहिले सुतौला , वसौला भन्ने लाग्दैन्थ्यो । तर जे भए पनि दियो र भयो । अव राज्यले छोराछोरी लाई पढाईदिएमा पछि वुढेसकालमा राम्रै हुन्थ्यो कि लाग्छ । हामीले पढाउ भने खाने उपाय वाहेकहरु केही छैन । दुई टार्न र एउटा शरिर ढाक्न जीवन भरी नै अरुको भरिया हुनु परेको छ । राज्यले विपन्न हामी गन्दर्भका छोराछोरी लाई पढाई दिन सके राम्रै हुन्थ्यो कि भन्ने छ । हाम्रो तँ जे भयो । हाम्रा वालवच्चाले भविष्य उज्जवल बन्न सक्ने उनले वताईन । उनले भने ‘ बाँस पायौ , माग्दा माग्दै गाँस अर्थात , रोजगार वा सिपको विकासका वाटाहरु खोल्न सके विपन्न दलित मध्येकै हामी गन्दर्भ जातीहरुले अरुको आश्रय वा परनिर्भर परी वाँच्न नपर्ने उनले वताईन ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले ‘सवैका लागि सुरक्षित घर ’ भने राज्यको परिकल्पनाका साथ घरवार विहिन विपन्न दलित जातीका वादी र गन्दर्भहरुका लागि करिव २ हजार घर निर्माण भईरहेको जनाएको छ । भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र पाण्डेले वादी र गन्दर्भ जातिहरु लाई सुरक्षित वसोवासको व्यावस्थापनका लागि सरकार थालनी गरेको जनता आवास कार्यक्रम मार्फत सुरक्षित आवासको व्यावस्थापन गरिन लागिरहेको वताए । उनले भने – आर्थिक वर्ष २०७३ ÷७४ मा १ हजार ३० घर निर्माण भई सकेका छन । भने यस आथिर्क वर्षमा ०७४÷७५मा ८ सय ३७ घर निर्माणाधिन अवस्थामा रहेको जानकारी दिए । आवास निर्माणका लागि सरकारले प्रति परिवार २ लाख , ३३ हजार रुपैया अनुदान दिएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्