(डिआइडि) सिजन २ को प्रथम पुरस्कार केशव नेपाली र रामुकुमालले बेहोर्ने



दिपक वलि
दाङ २७ भदौ

राष्ट्रव्यापि नृत्य को महासंग्राम डान्स आइकन दाङ (डिआइडि) सिजन २ को प्रथम पुरस्कार वापतको रकम २ लाख २२ हजार दुइसय २ रुपैयाँ समाज सेवि द्वय केसव नेपाली र रामु कुमालले प्रदानगर्नुहुने भएको छ ।

डान्स आइकन दाङ (डिआइडि) सिजन २को प्रमुख सल्लाहकार केशव नेपाली र सुभेक्क्षुक रामुकुमालले संयुक्त रुपमा कुल रकमको आधा÷आधा रकम डि टेन इन्टरटेन्मेन्टलाई उपलब्ध गराउने सहमति भएको डान्स आइकन दाङ (डिआइडि) सिजन २ का संयोजक दिपक वलिले जानकारी दिनुभयो ।

नेपाल दलित संघ क्षेत्र नं ३ का उपसभापति, नेपाल परियार सेवा समाजका जिल्ला अध्यक्ष,पाण्डवेश्वरी यातायात प्रा.लिका बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका नेपालीले कलाक्षेत्रको उन्नयनका लागि पुरस्कार रकम सहयोग गर्न लागेको प्रतिकृया दिनु भयो ।

यसैगरी यातायात व्यवसायी तथा हिन्दू युवा बाहिनि दाङ जिल्ला सदस्य समेत रहनुभएका रामु कुमालले डान्स आइकन दाङ (डिआइडि) सिजन २ साँच्चिकै नव प्रतिभाहरुको लागि “गोल्डेन चान्स” भएकाले सहयोग गरेको प्रतिकृया दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्