मुख्य समाचार

आठराई गाउँपालिकामा सूचनाको हक सम्बन्धी दुईदिने तालिम सुरू

By थाहा अनलाइन

June 16, 2019

 

इन्द्र नेपाली तेह्रथुम ।तेह्रथुमको आठराई गाउँपालिकाको थोक्लुङमा दुईदिने दलित सुचनाको हक तथा पत्रकारिता तालिम सुरु भएको छ। प्रमुख अतिथि आठराई गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष रोहित कन्दङ्वाले ब्यानर पढेर तालिमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वडा नं ७ का वडा सदस्य हरिप्रसाद पराजुली, वडा सचिव जितबहादुर कन्दङ्वा, भगवती माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक अभिनारायण पराजुली, रेडक्रस उपशाखा थोक्लुङका सचिव रमेशकुमार बजगाई लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा अधिकांश वक्ताहरुले सम्पूर्ण नागरिकले सूचना पाउने अधिकार भएकोले सरकारी निकायहरुले नागरिकहरुलाई चुस्त दुरुस्त सुचना दिनुपर्नेमा जोड दिए ।

थोक्लुङ स्थित सामुदायिक भवनको हलमा सञ्चालित तालिममा ३० जनाको सहभागिता छ । सुचनाको हकको परिचय, महत्त्व, सुचना माग्ने तरिका, सुचनाको हक सम्बन्धि कानुनी व्यवस्था, पत्रकारिता लगायत बिषयमा तालिम दिइने छ ।

तालिमको सहजिकरण सूचनाको हक सम्बन्धि अभियान्ता तथा पत्रकार तुलसीराम धमला, गोपीचन्द्र मिश्र, देउराली सोसाईटीका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले गरि रहनु भएको छ । तालिम आठराई गाउँपालिका वडा नं ७ को आर्थिक सहयोगमा आठराई प्रेस क्लबले आयोजना गरेकोे हो । रासस