“सगरमाथा भन्दा अग्लाे जातिय पाहाड “



 

 

मेरो देशमा एउटा पहाड छ
जुन पहाड सगरमाथा भन्दा पनी अग्लो र ठुलो छ
त्यो कसैले पल्टाउन सक्दैन
त्यो हो जातिय पहाड

ठुलो जातले एति सम्म बार बाधेको छ कि
सानो जात आफु सम्म आइपुग्न
दशौ खुड्किला चढ्नुपर्छ
पार गर्नु पर्छ
जुन असम्भब जस्तै छ

जुन जातले जातियताको बिज रोप्यो
जुन जातले जातिय पहाड बनायो
त्यो समुदाय मौन छ
मानौ उस्लाइ केहि थहा छैन

बाहुन भित्र जैसी
जैसी मुनि क्षत्री राखेर
आफुलाइ शक्तिशली बनायको उपाध्या बाहुन
आज मौन छ
तर पनी उस्ले उठायको पहाड बिध्यमान छ समाजमा

बाहुनलाइ थाहा थियो
कुनै जमानामा मान्छेहरु सचेत चेतन्शिल वन्ने छन
जमाना फेरिने छ
र अधिकार खोज्ने छ्न
त्यो बेला जातियताको आरोपित हामी बन्नु हुदैन
कामी सार्की र दमै बिच को खाडल ले नै
जातियताको बिभेद कायम गर्ने छ
जब उनिहरु आन्दोलित हुनेछन
अनि खाडलमा आफै पुरिनेछन

एक जना बाहुनले दलित
र एक जना दलितले बाहुन बिहे गर्दैमा
जातिय छुवाछुत अन्त्य हुन्छ भन्नु
व्यंग्यात्मक कुरो हो

अन्तरजातिय बिहे किन गर्नु पर्छ ?
के फाइदा छ
उदाहरण को रुप मा हुने घटना
अन्तरजातिय बिहेले समाज कहिलै परिवर्तन गर्न सक्दैनू

किन कि एउटा समुदायको सस्कृती
आर्को समुदायले बुझ्दैन
एस्बाट अन्तर दोन्द हुन्छ र
अन्तरजातिय बिहेलाइ प्रभाब पार्छ

जातिय छुवाछुत
दलित बाट होइन
बाहुनबाट अन्त्य गर्नुपर्छ
बाहुन बाहुन भित्रको बिभेद समाप्त हुनुपर्छ
जैसी बाहुनेले जब सम्म
आफु जैसी भयकोमा गर्ब गर्छ
तब सम्म छुवाछुत समाप्त हुदैन

किन कि जैसी पनि जातिय बिभेदमा परेको छ
अन्याय मा परेको छ
उस्ले पकायको भात चल्छ
तर दाल र ढिँडो चल्दैन
जसरी क्षत्री को हात्ले पकायको जैसी खादैन

बाहुन एति बाठो भयो कि रु
जनजाती सम्म  पानी चल्ने
कमिसन र घुसको ब्यबस्था गरिदियो
अनि जैसी क्षत्री नेवार लगायतका जनजातीहरु
पानी चल्ने मै गर्ब गरे
उनिहरुले बुझेनन
पानी चलाइदियो कि
चैकिदार बनायो ?
छुवाछुत त्यो पहाड हो
जुन पहाड कहिलै ढल्दैन
कहिलै ढल्दैन
कहिलै ढल्दैन

कबिता नभनौ शैली प्रयोग गरेको भावना हो

नकुल ढकाल ‘नवीन’, म्याग्दी

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्