सैघाली खबर, पर्सा २७ भदौ। – नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले प्रदेश नं २ मा नेकपा एमाले पहिलो पार्टी हुने दावी गर्नुभएको छ । वीरगंज महानगरकोलागि प्रतिवद्धतापत्र सार्वजनिक गर्नका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो दावी गर्नुभएको हो ।
नेकपा एमाले सबै जात जाति, भाषा भाषीकोे पार्टी हुनु नैे चुनावमा जित्ने आधार भएको उहाँले बताउनुभयो । एमालेलाई मधेश विरोधी देखाउने चेष्टा भएको भन्दै तराईको विकासमा सदैव अग्रसर पार्टी मधेश बिरोधी हुन नसक्ने बताउनुभयो ।
वीरगंज महानगरका मेयर उम्मेदवार बसरुदिन अन्सारीलाई बदनाम गर्न विदेशी एजेन्सी लागेको उहाँले दावी गर्नुभयो । हिजोका दिनसम्म केही नभएको मान्छे एमालेबाट मेयरको उम्मेदवार बनेपछि विभिन्न आरोप लगाउनुको पछाडि एमाले विरोधी तत्वको हात रहेको भन्दै त्यसको प्रतिवाद गर्न तयार रहन कार्यक्रतालाई आह्वान गर्नुभयो ।
कार्यक्रममा मेयरका उम्मेदवार बसरुदिन अन्सारीले आफना प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।