(प्रहरी हिरासतभित्र मृत्यू प्रकरण)दाङका प्रहरी प्रमुख दुर्गा सिंह चन्द सहित ३ जना प्रहरी बिभागीय कारवाहीमा



सैघाली खबर
दाङ २७ भदौ । दाङ दाङका प्रहरी प्रमुख दुर्गा सिंह चन्द सहित ३ जनालाई बिभागिय कारबाहीमा सिफारिस गरिएको छ । भाद्र १४ गते मृत्यु भएका गंगटेको बारेमा गलत सुचना सम्प्रेशन गरेको भन्दै उनलाई बिभागीए कारबाही गर्ने भएको छ । ।संघीय प्रहरी ईकाई कार्यालय तुलसीपुरले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । संघीय प्रहरी ईकाई कार्यालय तुलसीपुरका प्रमुख एआईजि मिङमार लामाले पत्रकार सम्मेलनमा जिल्ला प्रहरीले गंगटेको मृत्यु पश्चात डराएर गलत सुचना दिएको समेत खुलासा गरे । प्रहरीका अनुसार उपचारका क्रममा लमही अस्पतालमा गंगटेको मृत्यु भएको बताए ।

भाद्र १४ गते गंगटे भन्ने व्यक्तिको वे वारीसे सव फेला भन्ने गलत सुचना संप्रेसण गरेकाले जिल्ला प्रहरी प्रमुख सिंह लमहि ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक र थुनुवाको डियुटिमा खटिएका प्रहरी जवानलाई विभागिय कार्वाहीको सिफारीस गरेको हो ।उपचारका क्रममा मरेका गंगटे भन्ने व्यक्तिलाई वे वारीसे भनि गलत सुचना दिएको भन्दै विभागिय कार्वाहीको सिफारिस भएको घटनाको अनुसन्धानमा खटेका प्रहरी वरिष्ठ उपरिक्षक दिलिप कुमार चौधरीले जानकारी दिनुभयो ।

घोराहि उपमहानगर वडानं १४ निवासी भुपवहादुर सुनुवार गंगटे भन्ने व्यक्तीलाई १३ गते घोराहीवाट प्रहरी नियन्त्रणमा परेको १४ गते विहान एसपीकै गाडिमा लमही वुझाईएको र राती बिरामी भएपछि लमहीको अस्पतालमा लग्दा ईसीजी गर्नु पर्ने र यहाँ नभएको भनेपछि घोराहि उपक्षेत्रिय अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मरेकाले जिल्ला प्रहरीले गलत सुचना प्रसारण गरेको संघिय प्रहरी कार्यालयका प्रमुख दिलिप कुमार चौधरीले जानकारी दिए ।मान्छे जस्तो सुकै अवस्थामा मर्न सक्छ जस्तो अवस्था हो त्यही सुचना सार्वजनिक गर्नुपर्नेमा जिल्ला प्रहरी कार्यालय हतोसाहित भई घटनालाई तोडमोडमा लागदा उनिहरुलाई विभागिय कार्वाहीको सिफारीस संघिय प्रहरी प्रमुख मिङमा लामाले वताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्