अनेमसंघ क्रान्तिकारी ५ नम्बर प्रदेश अध्यक्षमा पुन



सैघाली खबर
दाङ २७ भदौ । अनेमसंघ क्रान्तिकारी ५ नम्बर प्रदेश अध्यक्षमा पार्वती पुन निर्वाचित हुनुभएको छ । घोराहीमा दुई दिनसम्म चलेको प्रथम प्रदेश सम्मेलनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।उपाध्यक्षहरुमा सरस्वती न्यौपाने, पुनम श्रीपाली, अञ्जना चौधरी, शान्ति चौधरी, सन्तोषी पाण्डे, छमुकुमारी खनाल, सिर्जना तरामु, रेणु खडेका र मालती डाँगी रहनुभएको छ । सचिवमा लक्ष्मी कोइराला तथा सहसचिवहरुमा टीका ओली, त्रिवेणी घर्ती, खेममाया सुनारी, बविता बिक र प्रमिता चौधरी निर्वाचित हुनुभएको छ । ७३ सदस्यीय प्रदेश समितिमा कोषाध्यक्ष राधा अधिकारी निर्वाचित हुनुभएको छ ।

सम्मेलनको दोस्रो दिन मंगलवार माओवादी केन्द्रका सचिवालय सदस्य एवं संघका पूर्वअध्यक्ष जयपुरी घर्ती, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेत एवं संघका पूर्वअध्यक्ष रेखा शर्मा, संघका केन्द्रीय अध्यक्ष अमृता थापा मगर र माओवादी केन्द्र ५ नम्बर प्रदेश संयोजक पूर्ण घर्ती मगरले प्रशिक्षण दिनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्