प्रेस संयोजकमा विवश



सैघाली खबर
दाङ २७ , भदौ

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको प्रेस संयोजकमा पत्रकार वसन्त विवश आचार्यलाई तोकिएको छ । मंगलवार वसेको कार्यपालिका वैठकले आचार्यलाई उक्त जिम्मेवरी दिइएको प्रवक्ता श्याम डाँगीले वताउनु भएको छ ।


२०६० सालमा रेडियो पत्रकारिताबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका आचार्य रेडियो पत्रकारितामा विशेष दख्खल राख्ने पत्रकारका रुपमा चिनिन्छन् ।

 

 

 

पुर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका आचार्यले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा पनि स्नातकोत्तर गरेका छन् ।

तुलसीपुरमा रहेको ज्ञानदीप कलेजमा आमसञ्चार तथा पत्रकारिता विभाग प्रमुख समेत रहेका आचार्यले विभिन्न राष्ट्रिय पत्रपत्रिका र अनलाइनहरुमा नियमित स्तम्भ लेखन समेत गर्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्