काठमाडौँ । विश्वविद्यालयमा राजनैतिक नियुक्तीको अन्त्य र नियमविपरित भर्ना गर्ने कलेजलाई कारवाहीको माग गर्दै नेबिसंंघ आन्दोलनमा उत्रिएको छ । पोखरा विश्वविद्यालयका ४२ कलेजले नियमविपरित भर्ना गरेको भन्दै नेबिसंंघ पुन आन्दोलनमा उत्रिएको हो ।
कक्षा ११ र १२मा छुट्टा छुट्टै बिषयमा ‘सी’ भन्दा बढी ल्याउने विद्यार्थीलाई मात्र भर्ना गर्ने नियम विश्वविद्यालयले बनाए पश्चात ४२ वटा कलेजले ‘डि’ ल्याउने विद्यार्थीलाई समेत भर्ना गरेपछि विश्वविद्यालयको नियम उन्लङ्घन गरेको भन्दै नेबिसंंघले लामो समय देखि आन्दोलन गर्दै आएको छ ।
दलिय भागबन्डाको आधारमा पदाधिकारी नियुक्त हुनु मुख्य कारण रहेको बताउदै निबर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले भने ,’पदाधिकारी,विश्वविद्यालयका कार्यकर्ता र कलेजका चन्दा दाता भएकाले यस्तो समस्या भएको हो ।’
आन्दोलनमा ‘हाम्रो नेपालमा’ बोलको गीतलाई प्यारोडी बनाई ‘भन्नलाई ज्ञानको मन्दिर भएनी,काम भने विद्यार्थी लुट्ने छ हाम्रो नेपालमा’ भन्दै विरोध गरेका थिए । कलेजवाला लाई ब्वासो र विश्वविद्यालय पदाधिकारी लाई गधाको संज्ञा दिदै व्यंगात्मक प्रदर्शन समेत गरेका छन् । दोषी कलेजलाई कारबाही नहुन्जेल प्रदर्शन जारि रहने नेबिसंंघ नेता मनिष सिम्खडाले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।