दाङ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आज शान्तिनगर गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि उद्धघाटन गरेको छ। उक्त कार्यक्रमको उद्धघाटन गदै शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डागीले कागतीको बिरुवा रोपि उद्धघाटन गर्नु भएको छ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिको अध्यक्षतामा भएको उद्द्घाटन कार्यक्रममा उपाध्यक्ष मिथिला शाह , प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के सि, शान्तिनगर गाउँपालिकाका प्रबक्ता रबि बुढाथोकी र स्वास्थ्य सहसंयोजक घनश्याम पाण्डेले बोल्नु भएको थियो।
शान्तिनगर गाउँपालिका सातै वटा वडाहरु बाट छ्नौट भएका ९९ सय जना कामदारहरुलाइ वडा नम्बर १ को खर्काकोट मन्दिरको सरसफाइ, वडा नम्बर दु २ को स्वास्थ्य केन्द्र र वडा कार्यालयको सरसफाइ ३ नम्बर वडाको सुन्दरादेबी मन्दिरको बाटो मर्मत त्यसै गरि ४ नम्बर वडामा खड्कपुर देखी चिराघाट सम्म कच्ची नाला निर्माण, ५ नम्बर वडामा जंगपुर खानेपानी लाइन बिस्तार ६ नम्बर वडामा वडा कार्यालय परिसर सरसफाइ र ७ नम्बर वडामा करेसाबारी निर्माण गर्नु पर्ने छ।
छनौट भएका श्रमिकहरुलाइ भोली बुधबार देखी आ आफ्नो वडामा काममा लगाइने प्रधानमन्त्री रोजगार कार्यक्रम शान्तिनगरका संयोजक निमराज साप्कोटाले बताउनु भएको छ।
दैनिक श्रमिकहरुले काम गरे बाफत ५ सय १७ रुपैयाँ पाउने छ्न भने दैनिक बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म काम गर्नु पर्ने संयोजक साप्कोटाले बताउनु भयो। ९९ सय जना मध्य ७७ जना महिला र २२ जना पुरुष रहेको संयोजक साप्कोटाले जनाउनु भएको छ ।
सबै भन्दा बढी १३ जना मध्य १२ जना महिला वडा नम्बर ७ मा रहेको जनाइएको छ। शान्तिनगरमा महिलाको रोजगारमा आकर्षण देखिएको छ। शान्तिनगरमा ४४ सय ५१ जनाले रोजगारका लागी आबेदन फारम भरेका थिए भने यहि असार २९ गते सम्म श्रमिक हरुले काम गर्नु पर्ने छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।