नयाँ बिद्यार्थीलाई स्वागत



 

सैघाली खबर
दाङ,२८ भाद्र

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) बिद्यापीठ मुल ईकाई समितिले नयाँ बिद्यार्थीलाई स्वागत गरेको छ । मंगलबार एक कार्यक्रम गरी नयाँ बिद्यार्थीलाई स्वागत गर्नुका साथै दशैको शुभकामना आदान प्रदान गरेको छ । नेपाल संस्कृत बिश्वबिद्यालय जनता बिद्यापीठ बिजौरी मुल ईकाई समितिका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षता तथा क्याम्पसका स्वबियू कार्यबहाक सभापति बिष्णु चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आर्युबेद पहिलो बर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि चौधरीले शिक्षा क्षेत्रमा देखिएका बिकृति एबं बिसंगतिहरु हटाउनका लागि बर्तमान शिक्षा प्रणलीमा आमूल सुधारका खाँचो भएको बताएका थिए । साथै उनले बिद्यार्थी आन्दोलनलाई सफल पार्न बिद्यार्थी संगठनहरुले उठाउने चन्दा प्रणालीको अन्त्य हुनुपर्ने बताए । चन्दा प्राणालीले गर्दा बिद्यार्थी आन्दोलन तुहिने अबस्थामा रहेको उनको भनाई थियो । साथै बिद्यार्थी संगठनहरु शैक्षिक माफियाहरु बिरुद्ध लाग्न आबश्यक रहेको बताए । कार्यक्रममा बिशिष्ट अतिथि क्रान्तिकारीका केन्द्रीय सदस्य दुर्गा बिक, जिल्ला कार्यालय सदस्य सुवास बस्नेत, सोभियत घर्ती, ईकाई समिति सचिब गणेश चौधरीलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । जिल्ला आयोजक सदस्य प्रमिला अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सदस्य कृष्ण रिजालले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्