तराइ मधेसका महिलाले आज जितिया पर्व मनाउँदै



सैघाली खबर
जनकपुर,२८ भाद्र


तराइ मधेसका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् । विशेष गरी थारु, मैथिली र भोजपुरी समुदायका महिलाहरुले महत्वका साथ मनाउने यो हिजो शुरु भए पनि आज मुख्य दिन भएको बताइन्छ । मिचिलाञ्चल क्षेत्रकै पवित्र मानिने यो पर्व ३ दिनसम्म मनाउने गरिन्छ । आज बिहान सुर्य उदाउनु अघि नै नुहाइधुवाइ गरेर महिलाहरुले व्रत लिने गर्छन् । विशेष गरी आफ्नो सन्तानका लागि आमाहरुले यो पर्व मनाउँछन् ।

व्रत बस्नु अघिल्लो दिन हिजो भने व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउने गर्छन् । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका थिए। त्यसैकारण त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक मान्यता छ। जितिया पर्वको अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पनि जितिया पर्व मनाउने विशेष कार्यक्रम आयोजना गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्