आजका पत्र पत्रिका



लमहीको बजेट ४० करोड बढी

दशरथ घिमिरे  

दाङ २७ भदौ । लमही नगरपालीकाको प्रथम नगरसभामा आर्थिक वर्ष २०७४स्०७५ लाई लक्षित गरी निति तथा कार्यक्रम सहीत प्रस्तावीत बजेट प्रस्तुत गरिएको छ । नगरप्रमुख कुल बहादुर केसीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा पूर्व पश्चिम राजमार्गलाई आधार वनाई नगरपालीकाका सवै वडाहरु समेट्नेगरी चक्रपथ निर्माणको लागी डिपिआर तयार गरी लागु गरिने उल्लेख छ ।

यस्तै उपप्रमुख देवका वेल्वासेले चालु आर्थिक वर्ष २०७÷०७५ को प्रस्तावीत ४० करोड ४३ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन । जस मध्य आन्तरिक स्रोत तर्फ एक करोड पचास लाख र केन्द्रिय अनुदान तर्फ ३७ करोड ९१ लख ५९ हजार अनुमान गरिएको छ । चालु खर्च १८ करोड २८ लाख २१ ह्जार र पुजीगत तर्फ २२ करोड १५ लाख ३८ हजार हुने उल्लेख छ । नगर सभाले निति तथा कार्यक्रम, आर्थिक विधेक, प्रस्तावीत बजेट सवै पारित गरेको प्रवक्ता विम बहादुर केसीले जानकरी दिएका छन ।

बजेटमा नगरपालीका भित्र रिंग रोडको डिपिआर तथा ट्रयाक निर्माणको लागी ३० लाख, नगरपालीका भित्रका वाढी पिडितहरुको पुर्नस्थापनाको लागी टिन तथा अन्य भौतीक सामाग्रीको लागी ५० लाख, वौराहा सितलापुर विद्युतीकरण र खानेपानी सर्वेको लागी ५० लाख बजेट विनियोजन गरिएको छ । यस्तै युवा स्वरोजगार तथा सिप विकास कार्यक्रमको लागी दश लाख बजेट विनियोजन गरिएको छ ।

नगरप्रमुख कुल बहादुर केसीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा ब्यवस्थीत शहरीकरणका लागी शहरी विकास मन्त्रालय र नगर विकास कोषको सहयोग समन्वयमा ल्याण्ड पुलींग जग्गा विकास कार्यक्रमको सम्भाब्यता अध्ययन गर्ने, पूर्वाधार विकासलाई दिगो तथा गुणस्तर, प्रभावकारी वनाउन गर पूर्वाधार विकास कम्पनीको विकास गरिने, नगरपालीका भित्र सञ्चालनमा रहेका र निर्माणाधिन सडकहरु स्तारोन्नतीतर्फ अग्रसरता लिईने निति तथा कार्यक्रममा समावेस छ । यो समाचार आजको नयाँ युगबोध दैनिकमा छापिएको छ ।

 

गंगटे मृत्यु प्रकरणको प्रहरी प्रतिवेदन सार्वजनिक

दाङ २७ भदौ । दाङ दाङका प्रहरी प्रमुख दुर्गा सिंह चन्द सहित ३ जनालाई बिभागिय कारबाहीमा सिफारिस गरिएको छ । भाद्र १४ गते मृत्यु भएका गंगटेको बारेमा गलत सुचना सम्प्रेशन गरेको भन्दै उनलाई बिभागीए कारबाही गर्ने भएको छ । ।संघीय प्रहरी ईकाई कार्यालय तुलसीपुरले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । संघीय प्रहरी ईकाई कार्यालय तुलसीपुरका प्रमुख एआईजि मिङमार लामाले पत्रकार सम्मेलनमा जिल्ला प्रहरीले गंगटेको मृत्यु पश्चात डराएर गलत सुचना दिएको समेत खुलासा गरे । प्रहरीका अनुसार उपचारका क्रममा लमही अस्पतालमा गंगटेको मृत्यु भएको बताए ।

भाद्र १४ गते गंगटे भन्ने व्यक्तिको वे वारीसे सव फेला भन्ने गलत सुचना संप्रेसण गरेकाले जिल्ला प्रहरी प्रमुख सिंह लमहि ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक र थुनुवाको डियुटिमा खटिएका प्रहरी जवानलाई विभागिय कार्वाहीको सिफारीस गरेको हो ।उपचारका क्रममा मरेका गंगटे भन्ने व्यक्तिलाई वे वारीसे भनि गलत सुचना दिएको भन्दै विभागिय कार्वाहीको सिफारिस भएको घटनाको अनुसन्धानमा खटेका प्रहरी वरिष्ठ उपरिक्षक दिलिप कुमार चौधरीले जानकारी दिनुभयो । दाङबाट प्रकाशित सबै पत्र पत्रपत्रिकामा छापिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्