मुख्य समाचार

बाढी प्रभावित विद्यार्थिलाई शैक्षिक सामग्री वितरणका लागि तयारी अन्तिम चरणमा

By थाहा अनलाइन

September 13, 2017

 

सैघाली खबर नेपालगंज,२८ भाद्र

बाँकेमा बाढी प्रभावित विद्यार्थिलाई शैक्षिक सामाग्रि वितरणका लागि तयारी अन्तिम चरणमा पुगेको छ । बाढि प्रभावित क्षेत्रका विद्यार्थिहरुको अवस्था बारे तथ्यांक संकलनको काम भैरहेकोले अबको केहि दिनपछि शैक्षिक सामाग्रिको सेट नै बितरण गरीने बांकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले बताउनुभयो ।

बाँके जिल्लाका राप्तिसोनारी गाँउपालिका, डुडुवा गाँउपालिका तथा नरैनापुर गाँउपालिकाका सामुदायिक र निजि करिव ८१ वटा बिद्यालयमा अस्थाई बसोबास गरेकाहरु सबै घर फकिएपछि विद्यालयहरु पनि अहिले संचालन भईरहेका छन् । तथ्यांकक संकलन नछि पोशाक,किताब कापि तथा आवश्यक पर्ने अन्य सामाग्रिहरु वितरण गर्ने जिल्ला शिक्षा कार्यालय बांकेले जनाएको छ ।