मुख्य समाचार

आजदेखि नयाँ नोट सटही शुरु हुने

By थाहा अनलाइन

September 13, 2017

 

सैघाली खबर काठमाडौं,२८ भाद्र

दशैंका लागि सर्वसाधारणले आजदेखि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न ८ कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट साट्ने सुविधा दिने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउनुभयो । एकजना व्यक्तिले २७ हजारसम्ममा नयाँ नोट पाउने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । । यस वर्ष ५, १०, २० ५० र एकसय दरका नयाँ नोट उपलब्ध गराइने भएको छ । यो सुविधा असोज ७ गतेसम्म रहनेछ ।

यसैबीच दशैंलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि चौबिसै घण्टा खुल्ने भएको छ । अब घर जाने यात्रुको चाप बढ्ने भएकाले चौबिसै घण्टा यातायात संचालन हुने चितवन प्रहरीले जनाएको छ ।