युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको विजयी शुरुवात



 

सैघाली खबर
काठमाडौं,२८ भाद्र

ईटालीयन च्याम्पियन युभेन्टसलाई ३–० ले हराउँदै बार्सिलोनाले नयाँ सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । हिजो राति आफ्नै मैदानमा भएको समुह चरणको पहिलो खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा इभाँ राकिटिचले एक गोल गरे । च्याम्पियन्स लिगअन्तर्गत समुह डि कै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बनले ग्रीसको ओलम्पियाकोसलाई ३–२ ले पराजित ग¥यो ।

 

त्यस्तै समुह ए को खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको एफ.सी. बाजललाई ३–० ले हरायो । यसै समूहको अर्को खेलमा रुसको सि.एस.के.ए मस्कोलाई पोर्चुगलको बेनिफिकाले उसैको मैदानमा २–१ ले हरायो ।च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बार्यन म्युनिखले बेल्जियमको एण्डरलेच्टलाई ३–० ले हराउँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले स्कटल्याण्डको सेल्टिकलाई ५–० ले पराजित ग¥यो ।

 

 

इङ्लिस च्याम्पियन चेल्सीले समुह सि को खेलमा काजखस्तानको एफके कारावागलाई ६–० गोलको फराकिलो अन्तरले हरायो । यसै समुहको अर्को खेलमा ईटालीको ए.एस. रोमाले स्पेनको एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्यो । च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह ई देखि एचसम्मका बाँकी आठ खेल आज राती हुनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्