इन्द्र नेपाली ,तेह्रथुम ।
खुलकुद क्षेत्रको बिकासलाई जोड दिदै युवालाइ खेलकुदको माध्यमबाट सारिरिक तथा मानसिक रुपमा बिकास गर्ने उदेश्यका साथ फेदाप गाउँ पालिका २ ओयाक्जुगमा प्याराफिट सहित इलेवन साइजको खेल मैदान निर्माणकार्य तिब्रताको साथ भैरहेको छ।
तत्कालीन नेकपा एमाले तेह्रथुम बाट संघीय संसद निर्वाचित भवानी प्रसाद खापुगले आफ्नो बिकास बजेट बाट २५लाख रुपैयाँ किटान नै गरि ओयाक्जुगको यवारामा खेलमैदान निर्माणको निम्ति प्रदान गर्नु भए पछि ब्यबस्थित खेल मैदान निर्माण सगै खेलकुद्को बिकास गरि बजार ब्यबस्थापन गरिने खेलमैदान निर्माण समितिका अध्यक्ष खिर बहादुर मादेम्वाले बताउनु भएको छ।
खेलमैदान निर्माण सगै स्थानीयको आर्थिक बिकास हुने भन्दै समाजसेबिले करिब ५०लाख बराबरको अलैंची बगान नै फेदाप गाउँ पाकिकाको नाममा पास गरिदिएको फेदाप गाउँ पालिकाका प्रबत्ता नवीनचन्द्र लिम्बूले बताउनु भएको छ।प्रबत्ता चोङबाङका अनुसार संघीय संसद भवानी प्रसाद खापुगको बिकास बजेटबाट प्राप्त बजेट युवाहरुको खेलकुद प्रतिको मोहलाइ बुझी खेलमैदान निर्माण सगै फेदापेलि खेल प्रेमी युवाको प्रतिभालाई उजागर गर्दै रास्टिय स्तरका खेलाडी उत्पादन गर्न समेत मदत पुगने बताउनु भएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।