राप्ती गाउँपालिका र लमहि आखा अस्पतालको सहकार्यमा जेष्ठ नागरिकका लागि आखा चेकजाच शिविर हुने भएको छ ।
राप्ती गाउँपालिका महिला, बालबालकिा तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ७० वर्ष पुग्नुभएका जेष्ठ नागरिकहरुको यहि आषाढ ७ गते शनिवार मसुरीयाको दुर्गा आधारभुत विद्यालयमा आखा चेकजाच गरिने भएको शाखाकी महिला सहायक निरिक्षक द्धय जिवन जिसी र विनिता अधिकारीले जानकारी दिनुभएको छ ।
शनिवार विहान ९ बजेबाट शुरुहुने जेष्ठ नागरिकका लागि आखा चेकजाच शिविरमा आखाको आवस्यक अप्रेशन गर्नुपर्ने विरामीभए लमहि आखा अस्पतालले निशुल्क अप्रेशन समेत गर्ने बताईएको छ ।
जेष्ठ नागरिकका लागि आखा चेकजाच निशुल्क शिविरमा जेष्ठ नागरिकहरुलाई सहभागी भैदिनुहुन र ल्याईदिन परिवारका सदस्यहरुलाई राप्ती गाउँपालिकाले अनुरोध गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।