अपराध

हातखुट्टा समातेर बालिकाको सामुहिक बलात्कार गर्ने तीन जना पक्राउ

By थाहा अनलाइन

June 24, 2019

 

कैलाली । कैलालीकी १३ वर्षीया बालिकाको सामुहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन । बालिकाको सामूहिक बलात्कार गरेको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का कुट्टु चौधरी पक्राउ परेका हुन् । रातीको समयमा बालिकालाई जंगलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले किशोरीको सेती अस्पतालमा उपचार भईरहेको बताए । घर नजिकै खेलीरहेको अवस्थामा बालिकालाई अपहरण गरी मोटरसाईकलमा राखेर धनगढी उप– महानगरपालिका वडा नम्वर ७ स्थित पटेलाको जंगलमा लगेको र हातखुट्टा समाती पालैपालो जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पछि पीडित भाग्दै गाउँ नजिकै पुग्दासमेत तीनै जनाले कसैलालई धने ज्यान मारिदिने धम्की दिएको समेत प्रहरीले जनाएको छ। बालिकाकी आमाले घटना बारे प्रहरीमा जानकारी गराए पश्चात तत्काल प्रहरी टोली परिचालन गरी उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताएका छन ।