सैघाली खबर
दाङ,२८ भदौ । तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि २०७४ पारित गरेसँगै रकम वितरण गर्ने भएको छ । असोज १ गते विहान १० वजे तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा रकम वितरण गरिने मेयर घनश्याम पाण्डेले वताउनु भएको छ । माृतशिशु मृत्युदर कम गर्नका लागि उपमहानगरपालिकाले ५ हजार सुत्केरी भत्ता दिने नीति पारित गरेको थियो । साउन १ गतेदेखि सुत्केरी भएका सम्पुर्ण महिलाहरुलाई कार्यालयमा उपस्थितिका लागि पनि उपमहानगरले आग्रह गरेको प्रेस संयोजक वसन्त विवश आचार्यले वताउनु भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।