बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर




सैघाली खबर
दाङ, २८ भदौ । बबई गाउपालिका वडा नम्बर ७ का बाढी प्रभावि क्षेत्रबासीहरुलागि प्रजनन् स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । परिवार नियोजन संघ दाङ, जिल्ला जनस्वास्थ्य कार्यालय दाङ, बबई गाँउपालिका र जिल्ला दैवि प्रकोप उद्धार समितिको संयुक्त आयोजनाम शिविर भएको हो ।विशेष गरि महिलाहरुमा देखिने प्रजनन् समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा करिब ३ सय बढिले स्वास्थ्य परिक्षण गराएका छन् । त्यस क्रममा पाठेघर खस्ने, सेतो पानी बग्ने, पाठेघरको मुखमा क्यान्सर जस्ता समस्या देखीएको थियो । त्यस अवसरमा भिआईए सेवामार्फन महिलाहरुको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा डाक्टर अरविन्द भुषाल र डाक्टर सपना अधिकारीले स्वास्थ्य जाँच गर्नुभएको थियो ।नेपाल परिवार नियोजन संघ दाङका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवं बबई गाँउपालिकाका प्रमुख भुवनेश्वर पौडेलको प्रमुख आतिथ्य र जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बबई गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष रामबहादुर डाँगी र वडा नम्बर ७ का अध्यक्ष महाविर चौधरीले भनाई राख्नुभएको थियो । परिवार नियोजनका सदस्य माया देवकोटा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शाखा प्रमुख बसन्त खनालले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्