दशैका लागि बुकिङ खुल्ला



गिरिराज नेपाली
दाङ २८ , भदौ  
विजया दशमी तथा शुभ दिपावली लाई मध्ये नजर गर्दै सार्वजानिक यातायातहरुले अग्रीम टिकट बुकिङ सुरु गरेका छन । दाङ लगाएत देशैभरका सार्वजानिक यातायातहरुले टिकट वुकिङ खुल्ला गरेका छन ।

दाङ , काठमाण्डौ , पोखरा , विरगन्ज , विराटनगर , काँकरभित्ता , गौर , महोत्तरी , सुनसरी , जनकपुर , पश्चिम नेपालका वाँके, वर्दिया , कैलाली , कञ्चनपुर लगाएतका स्थानका लागि दाङ सार्वजानिक यातायातहरुले टिकट वुकिङ खुल्ला गरेका छन ।

राप्ती सार्वजानिक बस व्यावसायी समिति तुलसीपुरले मंगलवार देखी दशैका लागि टिकट बुकिङ खुल्ला गरेको जनाएको छ । समितिका अध्यक्ष सुरेश हमाललले छोटो तथा लामो दुरीका लागि मंगलवार देखी नै लागु हुने गरी टिकट बुकिङ खुल्ला गरेको जानकारी दिए । काठमाण्डौ – दाङ , दाङ –काठमाण्डौ , दाङ विराटनगर , महोत्तरी , लगाएतका लामो दुरीका लागि टिकट खुल्ला गरीएको जानकारी दिए । दशैमा यात्रुहरु वाहिरिने तथा भित्रिने चाप वढ्जे भएकाले उक्त चाप लाई मध्ये नजर गर्दै टिकट बुकिङ सुरु गरिएको जानकारी दिए । दशैमा निश्चित गन्तव्यमा यात्रुहरु लाई पु¥याउने गरी दशै अगावै टिकट बुकिङ सुरु गरिएको उनले वताए ।

हमालले भने –‘ यो वडादशैमा कसैलाई पनि यातायातको सकस पर्ने छैन । ’ दैनिक १ दर्जनी वढि सार्वजानिक बस समितिले संञ्चालन गरे पनि दशैमा अतिरिक्त बस संञ्चालन गर्ने तयारी रहेका छौ । दशैमा हुने यातायातको सकस लाई समितिले मध्ये नजर गर्दै अग्रीम बुकिङ सुरु गरी यात्रा र यात्रु सुरक्षित वनाउने प्रयास गरेको उनले वताए । उनले भने – विगतका वर्ष झै यस वर्ष यातायातको सकस खेप्नु पर्ने छैन । समिति तथा प्रालीहरुको स्थापना संगै स्तरिय सार्वजानिक यातायातहरुको संख्या वढ्दै गईरहेकाले यस वर्ष दाङ भित्रने र वाहिरिने आपत हुने उनले वताए ।

हमालले भने – राप्ती समितिले पनि पछिल्लो समय स्तरिय सुविधा सम्पन्न सवारीहरु थपको सख्या लाई वढाउदै लगेकोले यस वर्षको दशैमा यात्रुहरुले स्तरिय सुविधा सहित छिटो छरितो गन्तव्यको यात्रा पाउने वताए । काठमाण्डौ र दाङ वाट मंगलवार देखी नै अग्रीम वुकिङ खुल्ला गरिएकाले आफ्नो सिट र यात्रा लाई सुरक्षित गर्न यात्रुहरु आग्रह गरेका छन । यात्रु गुनासो लाई शुन्यता पार्ने उद्देश्यले अतिरिक्त रात्री तथा दिवा सेवा संञ्चालनका लागि तयारी गरिएको हमालले जानकारी दिए । राप्ती सार्वजानिक यातायात द्वारा संञ्चालित हाल ६ सय ५० सार्वजानिक यातायातहरु संञ्चालनमा रहेको हमालले जानकारी दिए । साथै स्थानिय रुटमा स्तरिय तथा छिटो छरितो सेवामा यात्रु विचल्ली यस वर्ष नहुने उनले वताए ।

त्यस्तै भर्खर दाङ वाट सेवा सुरु गरेको साहारा यातायात प्रालीले पनि दाङ तथा काठमाण्डौ लगाएतका स्थानका लागि अग्रीम बुकिङ सुरु गरेको जनाएको छ । प्रालीका बुकिङ ईन्चार्ज देउमन परियारका अनुुसार ०७४ सालको वडा दशैलाई मध्येनजर गर्दै टिकट बुकिङ सुरु गरिएको जानकारी दिएको छ । प्राली लामो दुरीका लागि काठमाण्डौ , गौर , पुर्वी क्षेत्रका लागि दैनिक ३ वटा बस सुचारु गरे पनि दशैका लागि अतिरिक्त बस सहित छुट्टाउने तयारी गरिएको जानकारी दिए । उनले भने –दशै लाई मध्ये नजर गर्दै यही असोज १ गते सुविधा सम्पन्न शौचालय सहितको यातायात सेवा सुचारु गर्ने तयारीमा प्राली रहेको जानकारी दिए । उनले सर्वशुलभ र स्तरिय सेवा सहित प्रालीले यातायात सेवा सुरु गरेकाले यो दशैमा यात्रुहरुले नयाँ र नौलो किसीमको यातायात सेवा पु¥याउन लागिरहेको उनले वताए । उनले भने – दशै लाई मध्ये नजर गर्दै प्रालीले नयाँ सवारीहरु भित्र्याउने तयारीमा रहेको वताए । हाल प्रालीमा १२ वटा स्तरिय बसले सेवा सुचारु गरिरहेको जानकारी दिए ।

त्यस्तै पाण्डवेश्वरी यातायात प्रालीले दाङले पनि विजया दशमी तथा शुभदिपावलीको अवसरमा सानो सवारी साधनहरु सहितको सेवा सुरु गर्ने भएको छ । प्रालीका अध्यक्ष सरोज शाहले रोल्पा , प्युठान लगाएतका स्थानिय रुटमा साना सवारी अतिरिक्त यातायात संचालनको तयारीमा रहेका जानकारी दिए । दैनिक ३ दर्जन सवारीहरु संञ्चालनमा रहेका शाहले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्