जनप्रतिनिधिलाई सम्मान



सैघाली खबर
दाङ २८ , भदौ

जनता प्रावि विद्यालय घोराही उपमहानगरपालिका १९ सैघाले वडाका जनप्रतिनिधिलाई सम्मान गरेको छ । स्थानीय तहको चुनावका निर्वाचित वडाका जनप्रतिनिधिलाई बुधवार औपचारिक कार्यक्रम गरेर विद्यालयले सम्मान गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर पुनको अध्यक्षता एवम वडा न १९ का अध्यक्ष हर्क बहादुर घर्तीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्यह? टंख रोका, जंग रोका, विद्यालय व्यवस्थापन समितिका सदस्यह? विरबहादुर नेपाली, खिमा रोका र अभिभावक खिमबहादुर पुनले मनतव्य राखेका थिए ।

त्यस अवसरमा विद्यालयले जनप्रतिनिधिलाई विद्यालयको भौतिक पुर्वाधार लगायतको माग राखेर ज्ञापनपत्र बुझाएको थियो । विद्यालयका शिक्षक कमला देवकोटाको स्वागत मनतव्यवाट सु? भएको कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक मञ्जु देवकोटाले गरेकी थिइन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्