सर्वाेच्चको न्यायधिशका लागि ३ जनाको नाम सिफारिस



 

 

सैघाली खबर
काठमाण्डौ २८ ,भदौ

सर्वोच्च अदालतका न्यायाधीशका लागि तीन न्यायाधीशको नाम सिफारिस भएको छ ।

न्याय परिषदको बुधबार बसेको बैठकले उच्च अदालतका तीन न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो । 

सर्वोच्चको न्यायाधीशका लागि सिफारिस हुनेहरुमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेतका मुख्य न्यायाधीश डम्बरहादुर शाही र पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान छन् ।

न्याय परिषदको बुधबारको बैठकले जिल्ला अदालतका १९७ न्यायाधीशको सरुवा पनि गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्