काष्ठ उद्योग व्यवसायी संघको छैठौ साधारण सभा तथा अधिवेशन



सैघाली खबर
दाङ,२९ भाद्र


काष्ठ उद्योग व्यवसायी संघ दाङको छैठौ साधारण सभा तथा अधिवेशन बुधवार लमही नगरपालिकाको जखेरातालमा सम्पन्न भएको छ । संघका अध्यक्ष प्रभात शाहको अध्यक्षता एवम् नेपाल वनपैदवार व्यवसाय महासंघका केन्द्रिय उपाध्यक्ष दिनेश गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले झोले काठ व्यवसायीहरुका कारण काष्ठ उद्योग व्यवसायीहरुले नोक्सानी वेहोर्नु परेको बताएका छन् ।
संघका सदस्य पवन खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वार्षिक प्रतिवेदन संघका सचिव ऋषिराज रावत क्षेत्री र आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष गञ्जबहादुर विष्टले प्रस्तुत गरेका थिए ।

सो अवसरमा नेपाल वनपैदवार व्यवसाय महासंघका केन्द्रिय सदस्य गेहेन्द्र बस्नेत, संघका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्याय, संघका उपाध्यक्ष दानबहादुर अधिकारी, संघका पुर्व सचिव बहादुरकर्ण केसी, काष्ठ व्यवसाय बाबुलाल तमाङ र रेडियो राप्तीका समाचार सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले बोलेका थिए । सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई खादा र भातगाउँले टोपी लगाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव ऋषिराज रावत क्षेत्रीले गरेका थिए । यसै बिच बन्दसत्रले दानबहादुर अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा गञ्जबहादुर विष्ट, प्रथम उपाध्यक्षमा ऋषिराज रावत, द्धितीय उपाध्यक्ष रविलाल आचार्य, तृतीय उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महासचिवमा मृतदेव अधिकारी, उपमहासचिवमा लिलाधर केसी र कोषाध्यक्षमा भेषराज चौधरी रहेका छन् । त्यसै गरी सदस्यहरुमा केशव वली, दिलबहादुर डाँगी, हरिकृष्ण शर्मा, जितबहादुर पुन, जगत पुन, सुर्य जि.एम लगायत रहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्