मुख्य समाचार

घोराही नगरपालीकाको कार्यलयमा सिसि क्यामरा द्धारा निगरानी

By थाहा अनलाइन

September 14, 2017

सैघाली खबर दाङ,२९ भाद्र

घोराही नगरपालीकाले कार्यलय भित्र र बाहिर सिसि क्यामरा बाट निगरानि बढाइको छ । सुरक्षा र सेवा प्रवाह लाई अगाडी बढाउन र प्रमुख,उपप्रमुख र कार्यकारी अधिकृतको कक्षबाट निगरानी थालीएको छ । नँया संरचनासंगै कार्यक्षेत्र बिस्तार संगै कार्यलयमा भिडभाड हुन थालेपछि सेवा प्रवाहलाई अगाडी बढाउन सिसि क्यामरा जडान गरिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । सेवाग्राहिको भिडभाडको कारण खोज्नुको साथै छिटोछरितो सेवा प्रवाह गर्न सिसि क्यामरा जडान गरीएको उहाँले जानकारी दिनुभयो । ३ लाख १४ हजार ९ सय ९९ रुपैया ९८ पैसाको लगानीमा जडान गरीएको लेखा शाखा अधिकृत प्रकाश विश्वकर्माले जानकारी दिनुभयो ।