काँग्रेसको केन्द्रीय टोली प्रचारमा, प्रधानमन्त्री आज सर्लाही र रौतहटमा



 

सैघाली खबर
काठमाडौं,२९ भाद्र

चुनावी सभाका लागि नेपाली काँग्रेसको केन्द्रीय टोली आज सर्लाही र रौतहट पुग्ने भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले आज सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँहरुले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्नुहुनेछ र अपरान्ह ४ बजे रौतहटको रौतहटको गरुढा चिनी मिलको मैदानमा हुने आमसभालाई संबोधन गर्नुहुनेछ ।

सभामा देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि देउवा सहितको टोली पर्साको वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भोली चुनावी प्रचारको अन्तिमदिनको कार्यक्रम सकेर प्रधानमन्त्री देउवासहितको टोली भोली नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्