एसिया कप क्रिकेट छनोटमा आज नेपालले सिंगापुरसँग खेल्दै



सैघाली खबर
काठमाडौं,२९ भाद्र

१९ वर्षमुनिको एसिया पूर्वि क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपाल अहिले सिंगापुरसँग खेलिरहेको छ । मलेसियाको क्लब अमानमा टस हारेर नेपाल पहिले फिल्डिङ गरिरहेको छ ।

यो खबर तयार पार्दासम्म नेपालले राम्रो शुरुवात गर्दै दुई विकेट लिएको छ । नेपालका लागि दुवै विकेट किशोर महतोले लिनुभएको हो ।

आफ्ना दुवै खेल जित्दै नेपाल र सिंगापुर प्रतियोगिताको सेमिफाइनल पुगिसकेका छन् ।

दुुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन् । नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो ।प्रतियोगिताको पहिलो खेलमा थाईल्याण्डलाई दुई सय ५५ रनले हराएको नेपालले दोस्रो खेलमा हिजो भुटानलाई ९ विकेटले पराजित गरेको हो । खेल मलेसियाको किन्रारा ओभल मैदानमा हुँदैछ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका युथ टोलीसँग खेल्ने मौका पाउनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्