स्वास्थ्य

तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी भत्ता वितरण गर्ने

By थाहा अनलाइन

September 14, 2017

सैघाली खबर दाङ २९ भदौ। तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि २०७४ पारित गरेसँगै रकम वितरण गर्ने भएको छ ।

असोज १ गते विहान १० वजे तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा रकम वितरण गरिने मेयर घनश्याम पाण्डेले वताएका छन । माृतशिशु मृत्युदर कम गर्नका लागि उपमहानगरपालिकाले ५ हजार सुत्केरी भत्ता दिने नीति पारित गरेको थियो ।

साउन १ गतेदेखि सुत्केरी भएका सम्पुर्ण महिलाहरुलाई कार्यालयमा उपस्थितिका लागि पनि उपमहानगरले आग्रह गरेको प्रेस संयोजक वसन्त विवश आचार्यले वताउनु भएको छ।