नारायणपुर उवासंघकालागि प्रजातान्त्रिक प्यानलद्धारा प्रतिवद्धता सार्वजनिक



सैघाली खबर,
नारायणपुर, २९ भदौ।
नारायणपुर उद्योग वाणिज्य संघको यही भदौ ३१ गते हुने निर्वाचनकालागि प्रजातान्त्रिक व्यवसायीक प्यानलले प्रतिवद्धता सार्वजनिक गरेको छ ।

प्रचारप्रसार समितिले प्रजातान्त्रिक प्यानलको तर्फबाट प्रतिवद्धताहरु सार्वजनिक गरेको छ ।
जसमा हरेक ३÷३ महिनामा उद्योग वाणिज्य संघमा व्यवसायीहरुको भेला बोलाई व्यवसायीक गुनासा सुनुवाइ गरी समाधान गर्ने, उद्योगी व्यवसायीहरुको हितका लागि ग्रामिण क्षेत्रमा चल्ने सवारीसाधनलाई नारायणपुर बसपार्कबाट संचालन हुने व्यवस्था मिलाउन पहल गर्ने, नारायणपुर उद्योग वाणिज्य संघलाई उद्योग वाणिज्य महासंघमा आवद्ध गराउन पहल गर्ने, बजार क्षेत्रमा रहेको फोहोरलाई उचित र दिर्घकालिन व्यवस्थापन गर्न सम्वन्धित निकायमा जोडदार माग गर्ने, आयकर बुझाउनका लागि आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरी नारायणपुरमा कर बुझ्ने व्यवस्था मिलाउन माग गर्ने, खैरा–सौंडिकुला क्षेत्रमा सुरक्षाका लागि प्रहरी विट स्थापना गर्ने र गति सिमित गरि सवारी आवागमन गर्न, गराउन सम्वन्धित निकायलाई अनुरोध गर्ने, ईप्रका नाराययणपुरको स्तरबृद्धि गरी आफ्नै जग्गाको बन्दोवस्त गर्न पहल गरिनुको साथै भौतिक संरचना निर्माणका लागि पहल गरिने रहेका छन् ।

यस्तै नारायणपुर क्षेत्रमा विद्युत महशुल बुझाउनकोलागि नारायणपुरमा विद्युत महशुल काउन्टर स्थापना गर्न पहल गर्ने, संरक्षित हुन नसकेका ताल, मठमन्दिर तथा पर्यटकीय र धार्मिक स्थलको विकास गर्न सम्वन्धित पक्षलाई अनुरोध गरिने, बजार भित्र रहेका सडकका दुबैतिरका बाटोलाई पक्की बनाउन सम्वन्धित निकायमा पहल गर्ने, घरधनी र व्यवसायी विच घरवहाल सम्वन्धमा देखिने असमजदारीलाई न्यायीक र बैज्ञानिक ढंगले समाधान गर्ने, अस्तव्यस्त रहेको सडक छेउका अवरोधक बस्तुहरु हटाउने र अव्यवस्थित बजारलाई व्यवस्थित गर्ने, विनादर्ताका व्यवसायीहरुलाई उद्योग वाणिज्य संघको दायरामा ल्याएर व्यवसाय गर्न अनुमति प्रदान गर्ने, बजार क्षेत्र (नारायणपुर बजार, खैरा बजार, सौंडिकुला बजार) मा सार्वजनिक शौचालय निर्माण गर्न पहल गर्ने लगायतका रहेका छन् ।

यसैगरि होलेरी–नारायापुर–रिहार सडकको अवधारणालाई विकास गर्न माथिल्लो निकायमा पहल गर्ने, छाडा चौपायाहरुलाई सरोकारवालाहरुसंग समन्वय गरी उचित व्यवस्थापन गर्न पहल गर्ने, उद्योग वाणिज्य संघमा आवद्ध नभएका व्यवसायीहरुलाई संघमा आवद्ध गर्न सहज प्रक्रिया अवलम्वन गर्ने, व्यवसायीक किसान वर्गको हक हितका लागि बस्तुभाउको उचित बन्दोबस्त मिलाउन पहल गर्ने, व्यवसायीक सुविधाका लागि घरदैलो सदस्यता नविकरणको व्यवस्था मिलाउने र शनिवार व्यवसायीको सहजताको लागि आब्हान गरि निन्तरता दिन खोजेको बजार बन्दको कार्यक्रमलाई अति प्रभावकारी रुपले बन्द गराउन पहल गर्ने लगायतका रहेको प्रचार समितिका संयोजक प्रकाशकुमार न्यौपानेले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्