राष्ट्रिय वाल दिवस सम्पन्न



समिक्षा गाहा
दाङ २९भदौ।

‘बाल मैत्री शासन , बाल अधिकारको सम्मान भन्ने मुल नाराका साथ विहिवार राष्ट्रिय बाल दिबस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला बालकल्याण समिति दाङले पनि एक कार्यक्रमको आयोजना गरी दिवस मजनाएको छ ।

समितिका संयोजक एंव दाङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षता एंव जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा दिवस मनाएको हो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले पारिवारिक विखण्डनका कारण वालवालिकाहरु संरक्षण तथा अभिभावक विहिन अवस्थमा सडक जिवन संघर्षमा रहेको वताए ।

दिवसको अवसरमा बाल अधिकार सम्वन्धी अन्तर विद्यालय स्तरिय वक्तृत्वा कला समेत सम्पन्न भएको थियो । जसमा पदमोदय पब्लिक उच्च माबी , श्री अम्बिकेश्वरी आधारभुत अम्बापुर श्री सरस्वती माबी काठेकोल, रजेना माबी, बालबिकास बिद्यालय बाट बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

बिद्यार्थी भाइबहिनीहरुले उक्त अबसरमा बाल अधिकार सम्बन्धि कबिता , गित , साथै बक्तित्वकला पनि भएको हो।बक्तित्वकलामा पदमोदय पब्लिक उच्च माबी की रीना निरौला प्रथम , अम्वीकेश्वरी आधारभुत अम्वापुरकी चित्रा बम्पल मगर द्धितिय र सरस्वती मावी काठेकोलकी अनिता बुढा मगर तृतिया भएका हुन।

सो अबसरमा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका नेपालीले बालबालीका भबिष्यका कर्णधार मात्रै नभइ देशको बाटो कार्ने जिम्मा पनि उनिहरुकै हातमा हुने भएकाले बालबालीका का क्षेत्रमा सम्पुर्ण निकायहरु सकारात्मक भएर लाग्न पर्नैमा जोड दिनु भयो।

बालअधिकारको सम्मान, संरक्षण र परिपालनाका लागि हरेक तहको शासन पद्धति बालमैत्री हुनुपर्ने र बालबालिकाका विषयलाई प्राथमिकता दिनुपर्ने भएकाले यो नारा तय गरीएको हो। नेपालमा एक दशकसम्म भएको द्धन्द्धको समयमा र अन्य विविध कारणले ज्यान गुमाउन पुगेका बालबालिकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।

नेपालमा २०२२ सालदेखि भदौ ४ गते बाल दिवस मनाउँदै आएकोमा जनआन्दोलन–२ को राजनीतिक परिवर्तनपछि राष्ट्रिय बाल दिवस मनाउने मिति परिवर्तन भई हाल बालअधिकार सम्बन्धी महासन्धि, १९८९ लाई वि।सं। २०४७ साल भदौ २९ गते ९१४ सेप्टेम्बर, १९९०० अनुमोदन गरेको दिन यो दिवस मनाउन लागिएको हो ।

कार्यक्रममा धन्यबाद बसन्ता पौडेल, महिला तथा बालबालीका कार्यलय प्रमुख विश्वमनि जिसीको स्वागत मन्तब्य र कार्यक्रमको सहजीकरण महिला तथा बालबालीका कार्यलय अधिकृत मोतीकुमारी विश्वकर्माले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्