‘सडक बालबालिकालाई ब्यबस्था गर्नुपर्ने’



दिपक बोहरा,
तुलसीपुर २९ भदौ।
आज राष्ट्रिय बाल दिवस दाङमा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ । दाङका बिभिन्न बिद्यालयलगायत, बिभिन्न बालबालिकासंग सम्बन्धित संघसंस्थाले बिभिन्न कार्यक्रम गरि दिवस मनाएका छन् । दिवसका अबशरमा बक्ताहरुले अझै पनि अधिकांस बालबालिका आधारभुत सेवा पाउनबाट बञ्चित भएको भन्दै ती बालबालिकालाई आधुरभुत सेवा दिलाउन पहल थाल्नु पर्ने बताएका थिए । अभिभाबक बिहिन अबस्थामा दाङका धेरै बालबालिकाहरु अहिले पनि सडकमा बास बस्नु पर्ने बाध्यता रहेको भन्दै उक्त समस्या समाधान गर्न सबै सरोकारवाला निकायले चासो दिनुपर्ने उनीहरुको भनाई थियो ।

दिवसका अबशरमा तुलसीपुर उपमहानगरपालिका, युनिसेफ, न्युसिपिसी, सिबिस, नगरबाल सञ्चालको आयेजनामा एक कार्यक्रम गरेको छ ।

न्युसिपिसका अध्यक्ष नबराज लामिछानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयेर माया आचार्यको प्रमुख आतिथ्य तथा कार्यकारी अधिकृत टोपेन्द्र केसीको बिशिष्ट आतिथिमा कार्यक्रम भएको हो । त्यस अबशरमा १३ जना बालबालिकालाई शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरिएको थियो । कार्यक्रमको सहजीकरण भिम खत्रीले गरेका थिए ।

त्यस्तै समाजमा वातावरणीय शिक्षाको बिकास सीड तुलसीपुरले दिबसका अबशरमा साबिक धनौरी, गोल्टाकुरी र बाघमारेमा हाँजिरि जवाफ प्रतियोगीता गरेको छ ।

दिवसका अबशरमा साबिक धनौरीका बिद्यालयबीच भएको प्राबि स्तरिय हाँजिरी जवाफ प्रतियोगीतामा बाल कल्यान आधारभुत माबि पेदा प्रथम, अम्वेकेश्वरी माबि द्धितिय, मदरसा प्राबि तृतिय, सिमसुन्दर माबि सानत्वना भएका छन् ।

त्यस्तै धनौरीमा भएको कार्यक्रममा शिब शक्ति माबि धनौरी प्रथम, शिबशक्ति माबि धनौरी दृतिय, माबि तुलसीपुर तृतिय, र रात्रि प्राबि सान्त्वना भएका छन् । त्यस्तै गोल्टाकुरीमा भएको प्रतियोगीतामा कौवाघारी प्राबि प्रथम , आधारभुत बाँकी दृतिय, मधपुर माबि तृतिय भएका थिए ।
यस्तै राष्ट्रिय बाल दिवशको अवसर पारि साविक गोल्टाकुरि गाविस हाल दंगिशरण १र२ वडा स्तरिय बाल सञ्जालको आयोजनामा गोल्टाकुरिको मावि मधपुरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।

साविक गोल्टाकुरि गाविस, नेपाल मिहला साकुदायिक सेवा केन्द्र घोराहिको सि यम पि आर कार्यक्रमको सहयोगमा भएको कार्यक्रममा वादविवाद, हजिर जवाफ, चित्रकला प्रतियोगिता भएका थिए । त्यसैगरि काक्र्रममा बाल अधिकार गित, नृत्य, दौड र किनिङ रेस भएका थिए ।

 

बाल सञ्जालका अध्यक्ष गोमा बुढाथोकिको अध्यक्षता तथा वाड अध्यक्ष श्रिप्रशाद चौधरिको प्रमुख आथित्यमा भएको वालविवाद प्रतियोगितामा मावि मधपुरकि सन्तोषि केसि प्रथम, सालिकराम खड्का दुतिय, करिस्मा नेपाली तृतिय र अन्जन चौधरि सान्तोना हुनुभएको थियो । त्यसैगरि हाजिरिजवाफ प्रतियोगितामा आदर्श बाल क्लव प्रथम, ज्ञनोदय वोर्डिङ दुतिय, शिवशक्ति वाल क्लव तृतिय र निमावि वाकि वेटारपुरको समूह सान्तोना भएका थिए ।

कार्यक्रममा भएको केटा दोडमा विराट कुसारि प्रथम, लक्ष्मण पुन दुतिय र विष्णु खड्का तृतिय हुनुभएको थियो भने केठि तर्फ प्रथम पिवत्रा चौधरि, दुतिय गिता केसि र चृतिय भावना घर्ती हुनुभएको थियो ।

 

शान्तिनगर बाल दिवस मनाइयो 

 दिवसका अवसरमा शान्तिनगर गाउँपालिका वडा न। ६ स्थित आधारभुत विद्यालय सुनडवरीमा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाईएको छ । विद्यालय र वडापालिकाको संयुक्त रुपमा सञ्चालन गरीएको कार्यक्रममा हा्जिरी जवाफ प्रतियोगीता , कुर्सी दौड प्रतियोगीता, बक्त्तृत्व कला ,चित्रकला र लोकगीत प्रतियोगीता सञ्चालन गरीएको थियो ।

हाजिरी जवाफ प्रतियागीतामा इन्दिरा वलि को समुह प्रथम,खुमा डाँगीको समुह दोश्रो र टिका खड्का को समुह तेश्रो भएको थियो । यस्तै कुर्सी दौड प्रतियोगीताकमा सुनिल चौधरी प्रथम , मनोज गीरी द्धुतिय र मिना बुढाथोकी तृतिय हुनु भएको थियो । त्यस्तै बाल अधिकार भन्ने शिर्षक को बक्त्तृत्व कला प्रतियोगीतामा टिका खड्का प्रथम , इिन्दीरा वलि द्धितीय र खुमा डाँगी तृतीय हुनु भएको थियो । यसैगरी चित्रकला प्रतियोगीतामा सुनिल चौधरी प्रथम , दुर्गा कंवर द्धितिय , सरस्वती डाँगी तृतीय र सान्त्वना टिका अधिकारी हुनु भएको थियो । त्यसैगरी लोकगीत प्रतियोगीतामा सारदा नेपाली प्रथम , सुरज केसी द्धितिय , एसोदा वोहोरा तृतिय हुनु भएको थियो ।

 

तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयलले दिवशको अवसरमा आज गरेको एक कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन । विद्यालयले कुर्सिदौड,लोकगित र कविता प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उनिहरुले बालबालिकाको संरक्षण र शिक्षाबाट बञ्चीत हुन नदिन पहल थाल्नुपर्ने बताएका थिए ।

“बालमैत्री शासनः बालअधिकारको सम्मान” भन्ने नाराका साथ विद्यालयमा अतिरीक्त क्रियाकलाप गरेर दिवश मनाइएको हो । शिक्षक भुवनेश्वर आचार्यको अध्यक्षता तथा प्रधनाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा एंव सहायक प्रधानाध्यापक पदम बहादुर वलीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने विद्यार्थिहरुलाई पुरस्कृत गरिएको थियो । भने कार्यक्रमको सहजिकरण शिक्षक नारायण भण्डारीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्