‘व्यावसायिक सुरक्षा , औद्योगिक विकास र अस्ताउदो नारायणपुर लाई मुहार बदल्नका लागि मेरो उम्मेद्वारी हो ः दाहाल



‘व्यावसायिक सुरक्षा , औद्योगिक विकास र अस्ताउदो नारायणपुर लाई मुहार बदल्नका लागि मेरो उम्मेद्वारी हो ।’ नारायणपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि प्रजातान्ज्त्रिक प्यानलमा वाट अध्यक्षका प्रत्यासी महेन्द्र कुमार दाहाल संग सैघाली खबर पत्रिका गिरिराज नेपालीले गरेको कुराकानीको सारसंक्षेप – सम्पादक

स्वागत छ ।
धन्यावाद

चुनावी आईसक्यो , तयारी राम्रै होला नि ?
ठिकै छ । निर्वाचनको मिति आउन आज वाट १ दिन मात्रै वाँकी छ । चुनावी प्रचारको चटरो छ । आफ्ना र आफ्ना प्यानलको एजेण्डा वोकी व्यावसायीक मतदताहरुको घरदैलो र भेटघाटमै व्यस्त छौ ।

तपाईहरुका चुनावी एजेण्डा कस्ता छन ?
निश्चित रुपमै यदी चुनावी मैदानमा उत्रनु भन्दा आफ्ना र आफुहरुका चुनावी एजेण्डाहरु हुन्छन नै , हामीले पनि व्यावसायिक एकता , विकास , सुरक्षा सहितका विभिन्न एजेण्डा निर्माण गरी घरदैलोमा जुटेका छौ । अहिलेको सवै भन्दा हामीले व्यावसायिक समस्या र व्यापारीहरुको गुनासो सुनु पर्ने कुरा लाई पहिलो प्राथामिक्तामा राखी त्रैमासिक रुपमा व्यापारीहरुको भेला बोलाई उनीहरुको गुनासा र व्यावसायमा देखिएका तमाम समस्या समस्या समाधानका लागि पहिलो योजना निर्माण गरेका छौ । भने दोस्रो बँुदामा अस्ताउदै गरेको नारायणपुर बजार लाई स्थानिय उत्पादनको विकास गरी नारायणपुर क्षेत्र लाई व्यापारीक र औद्योगीक थलोको रुपमा विकास गर्ने योजना रहेको छ ।

नारायणपुर क्षेत्रले आफ्नो छुट्टै साख बनाउदै र जोगाउदै आईरहे पनि त्यो साख अहिले गुम्दै गईरहेकाले नारायणपुर क्षेत्र लाई फरक नयाँ शहरको रुपमा विकास गरी निजि क्षेत्रको माध्यम वाट नारायणपुर लाई औद्योगिक उन्मुख , नयाँ शहर , शिक्षा र स्वास्स्थ्य र रोजगार मुखी शहरका रुपमा विकास गर्ने योजना रहेको छ । चुनौती पुर्ण वन्दै गईरहेको फोहोर व्यावस्थापन लाई उचित प्रर्वद्धन गरी नारायणपुर स्वच्छ , सफा र सुन्दर शहर निर्माणको परिकल्पना पनि रहेका छ । साथै निर्माण भई अलपपत्र परेका सना तथा मझौला घरेलु उद्योगहरु विभिन्न काराणले आफ्ना उत्पादन वस्तुहरु बजार सम्म पु¥याउन सकेको छैनन । ति उत्पादनहरु लाई बजार सम्म पु¥याई उद्योग लाई सक्षम , नारायणपुर लाई उत्पादन मुखी क्षेत्रका रुपमा विकास गरिने छ ।

यि एजेण्डा नै तपाईहरुको जित्ने आधार हुन कि , अरु केही आधारहरु छन ?
व्यावसायीहरुले अव नेतृत्व संग चाहेको पहिलो कुरा व्यावसायिक विकास , सुरक्षा र नारायणपुर क्षेत्रको फोहोर व्यावस्थापन हो । तर यि एजेण्डाहरुले मात्रै अवको नेतृत्व नारायणपुर क्षेत्रको व्यापारिक समस्या समाधान होला जस्तो लाग्दैन । व्यावसायीहरु लाई कर वारे सचेत गराउने , व्यावसायिक विकास सहितको व्यावसाय वृद्धि र अण्डर विलिङ सिस्टमको अन्त्य गरिने योजना रहेको छ ।

त्यस्तै दाङ , रोल्पा र बाँेक लाई प्रत्यक्ष जोडेको रिहार – होलेरी गोरेटे वाटो लाई संञ्चालन गरी नारायणपुर क्षेत्रको व्यापार लाई रोल्पा र बाँके संग प्रत्यक्ष जोडिने छ । भने रोल्पा लगाएत पहाडी जिल्लाको व्यापारिक केन्द्रका रुपमा नारायणपुर क्षेत्र लाई विकास गरिने छ । नारायणपुर लाई रोल्पामने ईष्टेशन वनाई रोल्पाका लागि सवै किसिमका व्यापार हिड्डुल गराउने वाटो नारायणपुर लाई वनाईने छ ।
पछिल्लो समय कुनै न कुनै वाहनामा व्यापारीहरु माथि विविध किसिमको असुरक्षित गतिविधि र व्यापार समेत सुरक्षित नभई रहेको व्यापारीहरुले असुरक्षाको महसुस गरीरहेकाले व्यापारीहरुको सुरक्षाका लागि अवको नेतृत्व सफल काम गर्ने छ । साथै रातीको समयमा व्यापारिक सुरक्षा व्यावस्थामा अप्ठेरो परेकाले बजार क्षेत्रमा सडक वत्तिको नियमित सुचारु गरी व्यापारीक सुरक्षाको वन्दोवस्त गरिने छ ।

तपाई लाई व्यावसायीहरुले कसरी चिन्ने ?

व्यावसायी विकास र व्यापारीहरुको समस्यमा म विगत देखी नै साक्षाकार छु । यस अघिको कार्यकालमा संघको महा–सचिवको जिम्मेवारी निर्वाह गर्दै सफल व्यापारीको रुपमा स्थापित भएको छु । साथै खासमा व्यापारीका मर्का के छन ? कस्ता छन , व्यापारीहरुको समस्या के भन्ने सवालमा मलाई राम्रो संग थाहा छ । मलाई व्यापारी साथीहरुले सक्षम र योग्य नेतृत्वकर्मि , अभियान्ताका रुपमा लिनुहुन्छ । स्नातक उत्तिर्ण गरी फेन्सी व्यावसाय गर्दै आईरहेकाले व्यावसायी मित्रहरुले सफल व्यापारीका रुपमा लिने गर्नु भएको छ ।
 

अन्त्यमा केही भन्नु छ ?

अन्त्यमा स्थानिय व्यापारहरुको विकासक लागि हामी संगको ठुलो परिकल्पना सहितको योजना रहेकाले ति योजना कार्यन्वयनका लागि हामीहरु लाई व्यापारी साथीहरुको सहयोग चाहिएको छ । हामी लाई जिताउने हुने छ , भने पुर्ण विश्वास गरेका छौ । सैघाली खबर परिवार लाई धन्यावाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्