दिपक वोहरा
दाङ २७ , भदौ
विहिवार राष्ट्रिय बाल दिवस दाङमा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ । दाङका बिभिन्न बिद्यालयलगायत, बिभिन्न बालबालिकासंग सम्बन्धित संघसंस्थाले बिभिन्न कार्यक्रम गरि दिवस मनाएका छन् । दिवसका अबशरमा बक्ताहरुले अझै पनि अधिकांस बालबालिका आधारभुत सेवा पाउनबाट बञ्चित भएको भन्दै ती बालबालिकालाई आधुरभुत सेवा दिलाउन पहल थाल्नु पर्ने बताएका थिए । अभिभाबक बिहिन अबस्थामा दाङका धेरै बालबालिकाहरु अहिले पनि सडकमा बास बस्नु पर्ने बाध्यता रहेको भन्दै उक्त समस्या समाधान गर्न सबै सरोकारवाला निकायले चासो दिनुपर्ने उनीहरुको भनाई थियो ।
दिवसका अबशरमा तुलसीपुर उपमहानगरपालिका, युनिसेफ, न्युसिपिसी, सिबिस, नगरबाल सञ्चालको आयेजनामा एक कार्यक्रम गरेको छ । न्युसिपिसका अध्यक्ष नबराज लामिछानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयेर माया आचार्यको प्रमुख आतिथ्य तथा कार्यकारी अधिकृत टोपेन्द्र केसीको बिशिष्ट आतिथिमा कार्यक्रम भएको हो । त्यस अबशरमा १३ जना बालबालिकालाई शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरिएको थियो । कार्यक्रमको सहजीकरण भिम खत्रीले गरेका थिए ।
त्यस्तै समाजमा वातावरणीय शिक्षाको बिकास सीड तुलसीपुरले दिबसका अबशरमा साबिक धनौरी, गोल्टाकुरी र बाघमारेमा हाँजिरि जवाफ प्रतियोगीता गरेको छ ।
दिवसका अबशरमा साबिक धनौरीका बिद्यालयबीच भएको प्राबि स्तरिय हाँजिरी जवाफ प्रतियोगीतामा बाल कल्यान आधारभुत माबि पेदा प्रथम, अम्वेकेश्वरी माबि द्धितिय, मदरसा प्राबि तृतिय, सिमसुन्दर माबि सानत्वना भएका छन् ।
त्यस्तै धनौरीमा भएको कार्यक्रममा शिब शक्ति माबि धनौरी प्रथम, शिबशक्ति माबि धनौरी दृतिय, माबि तुलसीपुर तृतिय, र रात्रि प्राबि सान्त्वना भएका छन् । त्यस्तै गोल्टाकुरीमा भएको प्रतियोगीतामा कौवाघारी प्राबि प्रथम , आधारभुत बाँकी दृतिय, मधपुर माबि तृतिय भएका थिए ।
यस्तै राष्ट्रिय बाल दिवशको अवसर पारि साविक गोल्टाकुरि गाविस हाल दंगिशरण १र२ वडा स्तरिय बाल सञ्जालको आयोजनामा गोल्टाकुरिको मावि मधपुरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
साविक गोल्टाकुरि गाविस, नेपाल मिहला साकुदायिक सेवा केन्द्र घोराहिको सि यम पि आर कार्यक्रमको सहयोगमा भएको कार्यक्रममा वादविवाद, हजिर जवाफ, चित्रकला प्रतियोगिता भएका थिए । त्यसैगरि काक्र्रममा बाल अधिकार गित, नृत्य, दौड र किनिङ रेस भएका थिए ।
काक्र्रममा वोल्ने वक्ताले बाल दिवशलाई दिवशका रुपमा मात्रै नभएर सवैले सधैभरि व्यवहारमा बाल अधिकार स्थापित गर्नुपर्ने वताएका थिए । साथैउनिहरुले आफ्नो ठाउमा यस्ता कार्यक्रम गर्दा संस्थाले समन्वय गर्नुपर्ने सुझाव दिएका थिए ।
बाल सञ्जालका अध्यक्ष गोमा बुढाथोकिको अध्यक्षता तथा वाड अध्यक्ष श्रिप्रशाद चौधरिको प्रमुख आथित्यमा भएको वालविवाद प्रतियोगितामा मावि मधपुरकि सन्तोषि केसि प्रथम, सालिकराम खड्का दुतिय, करिस्मा नेपाली तृतिय र अन्जन चौधरि सान्तोना हुनुभएको थियो । त्यसैगरि हाजिरिजवाफ प्रतियोगितामा आदर्श बाल क्लव प्रथम, ज्ञनोदय वोर्डिङ दुतिय, शिवशक्ति वाल क्लव तृतिय र निमावि वाकि वेटारपुरको समूह सान्तोना भएका थिए ।
कार्यक्रममा भएको केटा दोडमा विराट कुसारि प्रथम, लक्ष्मण पुन दुतिय र विष्णु खड्का तृतिय हुनुभएको थियो भने केठि तर्फ प्रथम पिवत्रा चौधरि, दुतिय गिता केसि र चृतिय भावना घर्ती हुनुभएको थियो ।
विभिन्न कार्यक्रमका प्रतियोगिलाई पुरस्कार वितरण गरिएको थियो । बाल सञ्जालका सल्लाकार पारस खड्काको स्वागत मन्तव्य वाट सुरु भएको काक्र्रममा वडा अध्यक्ष श्रिप्रसाद चौधरि, कावा वडा अध्यक्ष संगिता धौलाकोटि, बाल मैत्रि स्थानिय शासन समन्वय समितिका तिलकबहादुर डागि, मोहनकुमार चौधरि, मावि मधपुरका निमित्त प्रधानाध्याप टिकाबहादुर केसि, निमावि वाकिका प्रधानाध्यापक डम्वर वस्नेत लगाएतले वोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण सामाजिक परिचालक देविराम कुसारिले गर्नु भएको थियो ।
यस्तै दिवसका अवसरमा शान्तिनगर गाउँपालिका वडा न। ६ स्थित आधारभुत विद्यालय सुनडवरीमा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाईएको छ । विद्यालय र वडापालिकाको संयुक्त रुपमा सञ्चालन गरीएको कार्यक्रममा हा्जिरी जवाफ प्रतियोगीता , कुर्सी दौड प्रतियोगीता, बक्त्तृत्व कला ,चित्रकला र लोकगीत प्रतियोगीता सञ्चालन गरीएको थियो ।
हाजिरी जवाफ प्रतियागीतामा इन्दिरा वलि को समुह प्रथम,खुमा डाँगीको समुह दोश्रो र टिका खड्का को समुह तेश्रो भएको थियो । यस्तै कुर्सी दौड प्रतियोगीताकमा सुनिल चौधरी प्रथम , मनोज गीरी द्धुतिय र मिना बुढाथोकी तृतिय हुनु भएको थियो । त्यस्तै बाल अधिकार भन्ने शिर्षक को बक्त्तृत्व कला प्रतियोगीतामा टिका खड्का प्रथम , इिन्दीरा वलि द्धितीय र खुमा डाँगी तृतीय हुनु भएको थियो । यसैगरी चित्रकला प्रतियोगीतामा सुनिल चौधरी प्रथम , दुर्गा कंवर द्धितिय , सरस्वती डाँगी तृतीय र सान्त्वना टिका अधिकारी हुनु भएको थियो । त्यसैगरी लोकगीत प्रतियोगीतामा सारदा नेपाली प्रथम , सुरज केसी द्धितिय , एसोदा वोहोरा तृतिय हुनु भएको थियो ।
दिवशको अवसरमा दाङका विभिन्न विद्यालय र सँघसस्थाहरुले विभिन्न कार्यक्रम गरी दिवश मनाएका छन । यसैविच बालअधिकारको सम्मान अझै हुन नसकेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयलले दिवशको अवसरमा आज गरेको एक कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन । विद्यालयले कुर्सिदौड,लोकगित र कविता प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उनिहरुले बालबालिकाको संरक्षण र शिक्षाबाट बञ्चीत हुन नदिन पहल थाल्नुपर्ने बताएका थिए । “बालमैत्री शासनः बालअधिकारको सम्मान” भन्ने नाराका साथ विद्यालयमा अतिरीक्त क्रियाकलाप गरेर दिवश मनाइएको हो । शिक्षक भुवनेश्वर आचार्यको अध्यक्षता तथा प्रधनाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा एंव सहायक प्रधानाध्यापक पदम बहादुर वलीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने विद्यार्थिहरुलाई पुरस्कृत गरिएको थियो । भने कार्यक्रमको सहजिकरण शिक्षक नारायण भण्डारीले गर्नुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।