दलहरु चुनावको अन्तिम कसरतमा, शीर्ष नेता सभामा केन्द्रित



 

सैघाली खबर
काठमाडौं, ३० भाद्र

प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचन आँउन ३ दिन मात्रै बाँकी रहँदा दलहरुको प्रचार प्रसार तिव्र भएको छ । सबे दलका शीर्ष नेताहरु ८ जिल्लामाकेन्द्रित भएका छन् ।सबै दलका शिर्ष नेता प्रदेश नम्बर २ मा नै केन्द्रीत भएर आफ्नो उम्मेदवारलाई मत दिनका लागि अन्तिम रुपमा आग्रह गरिरहेका छन् ।

 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहितका कांग्रेसका शिर्ष नेताहरु प्रदेश नम्बर २ कै जिल्लाका चुनाबी कार्यक्रममा व्यस्त छन् । एमाले अध्यक्ष केपीशर्मा ओली पनि आज मधेसका जिल्लामा जादै हुनुहुन्छ ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित राजपा लगाएत दलका शिर्ष तहका नेताहरु पनि आफ्नो पार्टीको प्रचार प्रसार सहित चुनाबी कार्यक्रममा व्यस्त छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालेआज वीरगन्ज महानगर र बाराको कलैयामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमाले अध्यक्ष ओलीले बारा र बर्दीबासको सभालाई सम्वोधन गर्नुहुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम चुनावी सभाका रूपमा आज सर्लाहीमा हुने तीन सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलमा रहेका मुख्य नेताहरू दैनिक प्रचारमा व्यस्त छन् । महन्थ ठाकुर सर्लाही, राजेन्द्र महतो सप्तरीर वीरगन्ज महानगरमा हुने सभा र कार्यक्रममा शरतसिंह भण्डारीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा छ हजार ६ सय २७ प्रतिनिधिका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्