माडी उत्सवको तयारी पुरा, गृहमन्त्री शर्माले उद्घाटन गर्ने



सैघाली खबर
चितवन, ३० भाद्र


चितवनको माडीमा भदौ ३० गते देखि असोज ८ गतेसम्म हुन लागि रहेको माडी सांस्कृतिक उत्सव, कृषि पर्यटन तथा ब्यापार मेला २०७४ को सम्पुर्ण तयारी पुरा भएको छ । आज देखि सुरु हुने मेलाको उद्घाटन नेपाल सरकारका माननीय गृहमन्त्री जर्नादन शर्माले गर्ने आयोजक ग्रामिण सञ्चार सञ्चार माडीका अध्यक्ष सुर्य प्रसाद पाठकले जानकारी दिनुभयो ।

 

करिब ५० हजार दर्शकले अवलोकन गर्ने मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछ ।

 

“ऐतिहासिक, धार्मिक तथा पर्यटन माडीको पहिचान, कला संस्कृति सम्वद्र्धन र सम्मुन्नत माडी हाम्रो अभियान” भन्ने नाराका साथ हुन लागिरहेको मेलामा १२० स्टल, बालउधान, माडी नृत्य आइडल, राष्ट्रिय कलाकारहरुको प्रस्तुती र माडीका संस्कृति र पहिचान झल्कने झाँकीहरुको प्रस्ुतती समेत रहने आयोजक कमिटिका सचिव विकाश भुसालले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्